सेयरधनीलाई चन्द्रागिरि हिल्समा २५% सम्म छुट

नेपालभ्युज

सेयरधनीलाई चन्द्रागिरि हिल्समा २५% सम्म छुट

काठमाडौं। चन्द्रागिरि हिल्सले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरूलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरूमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट दिने भएको छ ।

यस योजनाअन्तर्गत चन्द्रागिरि हिल्सका सेयरधनीहरूले जिपलाइन, स्काई साइक्लिङ, स्विङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरूको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

यस नयाँ योजनाअन्तर्गत छुट सुविधा लिनको लागि सेयरधनीहरूले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउन्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षकोे लागि लागू रहनेछ ।

काठमाडौं उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तव्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यको रूपमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved