सन्दीप विरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन

नेपालभ्युज

सन्दीप विरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बुधबार पनि सुनुवाइ हुन सकेन ।

बालिका बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंमा आज हुने भनिएको सुनुवाइ सुनुवाइ हुन नसकेको हो।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दा पेशीमा पछाडिको क्रममा रहेकाले सुनुवाइका लागि पालो नआएको हो । कार्यालय समयको अन्तिम समयमा मुद्दा केहीबेर मात्रै हेर्न सकिने अवस्था मात्र रहेको थियो।

क्रिकेटर लामिछानेका कानुन व्यवसायीले केहीबेर सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखेर निरन्तरता दिन आग्रह गरे पनि सरकारी वकिलले सुनुवाइ हुन नसक्ने भएपछि फेरि मुद्दाको पेशी तोकिनुपर्ने भनी इजलासको ध्यानाकर्षण गराएका थिए ।

मुद्दाको सुनुवाइका लागि मिति भने तोकिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved