चोलेन्द्र कर्तव्यच्यूत हुनुभयो – वरिष्ठ अधिवक्ता भट्टराई

नेपालभ्युज

चोलेन्द्र कर्तव्यच्यूत हुनुभयो – वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएशनका पूर्वमहासचिव टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कर्तव्यच्यूत भएका बताएका छन्।

नेपाल बार एशोसिएशनले आज (मंगलबार) न्यायपालिकाको वर्तमान संकट र निकास विषयक छलफल कार्यक्रममा भट्टराईले सबै न्यायाधीशका बारेमा प्रश्न नउठाएको बताए। उनले भने, “प्रधानन्यायाधीशको विषयमा प्रश्न उठाएका छौँ। न्यायपालिकाको संकट होइन, प्रधानन्यायाधीशको संकट हो।”

अहिलेको दूरावस्था उहाँकै(प्रधानन्यायाधीश) कारणले आएको उनले आरोप लगाए। भने, “संविधानको धारा १३६ मा हामीले प्रधानन्यायाधीशको काम कर्तव्य र अधिकारको विषयमा व्यवस्था गरेका छौँ। यसअघि सर्वोच्च अदालतको प्रधानन्यायाधीश भनिन्थ्यो। अहिले नेपालको प्रधानन्यायाधीश भनेर उल्लेख गरेका छौँ। जहाँ न्याय प्रशासन सञ्चालन गर्ने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीश हुनेछ भनिएको छ।”

करिब तीन साता हुँदा कुनै पनि इजलासबाट मुद्दा फैसला हुन नसकेको भन्दै न्याय प्रशासन चलाउन प्रधानन्यायाधीश असफल भएका बताए।

संविधानको प्रस्तावना र संविधानको विभिन्न धाराअनुसार प्रधानन्यायाधीशले आफ्नो काम गर्न नसकेका उनको आरोप थियो। “केबल आफ्नो पद जोगाउने मात्र काम गर्ने प्रधानन्यायाधीश यो संविधानले परिकल्पना गरेको छैन। यसैले उहाँ असफल हुनुभयो। संविधानको धारा १ सय २६, १सय २८, १ सय ३३, १सय ३६ लगायतका धाराको दायित्व पूरा गर्ने अर्को प्रधानन्यायाधीश अब चाहिन्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved