काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्ण्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्टइन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको सुरूवात गरेको छ।
ग्राहकहरूका लागि नयाँ र समसामयीक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आइएमई मोटर्स र अशोक लेल्यान्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको बताएको छ।
नयाँ सुविधायुक्त सेवा पोखरा–बाग्लुङ राजमार्गको पर्स्याङमा अवस्थित छ। छिटो र भरपर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले अशोक लेल्यान्डको देशभर उत्कृष्ट नेटवर्क उपलब्ध छ।
अशोक लेल्यान्डका पहिले नै देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा आउने कम्पनीले बताएको छ। अत्याधुनिक शोरुमले अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारी साधन उपलब्ध गराउने छ।
ग्राहकले आफ्नो अनुकूलता अनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारी साधन छनोट गर्न सक्नेछन्। आधिकारिक सर्भिस सेन्टर, पीके ट्रेडिङसँग अनुभवी तथा तालिमप्राप्त र सीपयुक्त प्राविधिकहरूको समूह छ जसले अशोक लेल्यान्डका सबै कमर्सियल सवारी साधन मोडलमा भएका समस्याको समाधान र मर्मत गर्न सक्छन्।
स्पेयर पार्टस् डिपार्टमेन्टले सबै प्रकारका कमर्सियल सवारी साधनका लागि उपयुक्त जेन्युइन पार्टस्को स्टक उपलब्ध गराउँछ। आफ्नो सवारी साधनमा फिट हुने र प्रभावकारी रुपमा कार्य गर्ने गरी डिजाइन गरिएका स्पेयर पार्टस् यहाँ उपलब्ध हुने भएकाले ग्राहक ढुक्क हुन सक्छन्।
‘हाम्रो प्रतिवद्ध ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी हाम्रो डिलरशिप नेटवर्क विस्तार गर्न सधैं तत्पर छौं, नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं’, शोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, ‘थप भएका यी आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई ग्राहकहरूलाई विश्व स्तरको अनुभव पनि दिनेछ ।’
नेपालको कमर्सियल सवारी साधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति रहेको कम्पनीले जनाएको छ । देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ । हाल अशोक लेल्यान्ड, नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको छ ।
Facebook Comment
Comment