१२ औँ पटक मन्त्री बन्दा शरतसिंह भण्डारीले स्याम्पेन फोड्दै गरेको सेलिब्रेसन विवादमा (भिडिओ)

मन्त्रीको कुर्सीमा बसेको यो १२ औँ पटकको खुसीयालीमा उनले गरेको सेलिब्रेसन शैली भने सामाजिक सञ्जालमा विवादित बनेको छ। मन्त्री भण्डारीले स्याम्पेन फोड्दै स्प्रे गरेका छन्। त्यसपछि सबैले पालैपालो पिएर रमाइलो गरेका छन्।

नेपालभ्युज

१२ औँ पटक मन्त्री बन्दा शरतसिंह भण्डारीले स्याम्पेन फोड्दै गरेको सेलिब्रेसन विवादमा (भिडिओ)

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट श्रममन्त्री बनेका शरतसिंह भण्डारीले स्याम्पेन फोडेर खुसीयाली मनाएका छन्। मन्त्रीको कुर्सीमा बसेको यो १२ औँ पटकको खुसीयालीमा उनले गरेको सेलिब्रेसन शैली भने सामाजिक सञ्जालमा विवादित बनेको छ।

त्यसो त भण्डारी मन्त्री बनेपछि विवादित बन्दै आएका छन्। भण्डारीले शुक्रबार मन्त्री नियुक्त भएपछि परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सेलिब्रेसन गरेका थिए। सामाजिक सञ्जालमा भाइरल भिडिओमा मन्त्री भण्डारी र उनकी ‘प्रेमिका’ निर्जला राउतलाई आफन्तहरूले खादा र माला लगाएर अभिनन्दन गरेका देखिन्छन्।

मन्त्री भण्डारीले स्याम्पेन फोड्दै स्प्रे गरेका छन्। त्यसपछि सबैले पालैपालो पिएर रमाइलो गरेका छन्। यसअघि भण्डारी ११ पटकसम्म मन्त्री बनिसकेका छन्। यसअघि उनी राष्ट्रिय पञ्चायतदेखि विभिन्न दलहरूबाट मन्त्री बन्दै आएका थिए।

दर्जन पटक मन्त्री बन्दा देश र जनताको लागि काम नगर्ने पदमा मात्र बसिरहने भन्दै उनी आलोचित छन्। मधेसी जनताको एजेन्डा लिएर चुनाव जित्दै आएपछि चुनावपछि भने पदलोलुप हुँदै आएको र रस रमाइलोमा व्यस्त रहने गरेको आरोप छ।

पहिलोपटक २०४४ सालको फागुनमा मरीचमान सिंह श्रेष्ठको मन्त्रिपरिषद्मा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बनेका थिए। यसअघि २०६८ सालको भदौमा डा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्मा उनी रक्षामन्त्री थिए। ‘नेपाली सेनामा मधेसीको सामूहिक प्रवेश नभए तराई टुक्रिनसक्ने’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री भट्टराईले राजीनामा दिन लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved