अहिले मौसम घमाइलो, दिउँसो बदली हुने

नेपालभ्युज

अहिले मौसम घमाइलो, दिउँसो बदली हुने
फाइल तश्वीर

काठमाडौं। अहिले देशका धेरै ठाउँको मौसम सफा छ । पश्चिमदेखि पूर्वसम्मका धेरै ठाउँमा विहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, अहिले घाम लागे पनि दिउँसो भने बदली सम्भावना छ । दिउँसोपछि पहाडी क्षेत्रका केहि ठाउँमा चट्याङ्सहित वर्षाको समेत अनुमान गरिएको छ ।

महाशाखाका अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो र बेलुका पानी पर्ने सम्भावना छ । तर हिजोअस्तिको जस्तो लगातार पानी पर्ने सम्भावना छैन ।

आज कोशी प्रदेश लगायत पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा नै रहने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved