एजेन्सी । विवाह सम्बन्ध तय गर्ने बेला धेरै कुराहरुको अध्ययन तथा ध्यान दिइन्छ ।
यस्तोमा केटा र केटीको उमेरको अन्तर पनि हेरिने गरिन्छ । आखिर कति उमेरको अन्तर हुन जरुरी छ त भनेर आज हामी तपाईंलाई बताउनेछौं ।
अहिले पनि पुरानै समयदेखि चल्दै आएको चलन केटाको उमेर केटीको भन्दा धेरै हुनुपर्छ भन्ने नै छ । तर तपाईंलाई थाहा छ कति उमेरको अन्तर हुन जरुरी छ ?
जोडीहरुको बीचमा आमरुपमा ५ देखि ७ वर्षको उमेरको अन्तर हुनु पर्दछ । यसबारेमा अहिलेसम्म धेरै अध्ययन अनुसन्धानहरु भइसकेका छन् । एक अध्ययन अनुसार फरक फरक उमेरमा केटा र केटीको सोंचमा धेरै अन्तर हुने गर्दछ
एक अध्ययनमा यस्तो पनि देखिएको छ, जो जोडीहरुमा एक वर्षको मात्र अन्तर हुन्छ उनीहरुको डिभोर्स हुने खतरा ३ प्रतिशत मात्र हुन्छ । त्यस्तै पाँच वर्षको अन्तर भएको जोडीहरुमा १८ प्रतिशत, १० वर्षको अन्तर भएका जोडीमा ३९ प्रतिशत र २० वर्षको अन्तर भएका दम्पतीमा अलग हुने सम्भावना ९५ प्रतिशत सम्म हुन्छ ।
अध्ययनअनुसार जोडीहरुबीच जति कम उमेरको अन्तर हुन्छ त्यति नै उनीहरुबीच तालमेल राम्रो हुने गर्दछ । जसले गर्दा पारपाचुके वा डिभोर्स हुने सम्भावना न्यून भएर जान्छ ।
वैज्ञानिक दृष्टिकोणले हेर्दाखेरी श्रीमान र श्रीमतीको सम्बन्धमा श्रीमानको उमेर ठूलो हुन किन जरुरी छ । किनकि जब केटा जिम्मेवार हुन्छ तब मात्र श्रीमतीको जिम्मेवारी उठाउन सक्छ भन्ने मान्यता छ ।
Facebook Comment
Comment