पाउजु लगाउनुको फाइदा

नेपालभ्युज

पाउजु लगाउनुको फाइदा

एजेन्सी । हिन्दु धर्ममा सोह्र श्रृंगारको महत्व छ । यस श्रृंगारमा रंगरोगनको मात्र नभएर गरगहनाको पनि एकदमै महत्व हुन्छ । टाउकोदेखि खुट्टासम्म महिलाले फरक-फरक गहना लगाउने गर्दछन् ।

त्यसैमध्ये एक हो खुट्टामा लगाउने पाउजु वा पायल । धेरै विवाहित महिला पाउजु लगाउन मन पराउँछन् । त्यसको छम छम गर्ने आवाजले मानिसलाई आफूतिर आकर्षित गर्दछन् ।

यो पाउजु आयो कहाँबाट ? के यो हाम्रो चलनमा सुरुदेखि नै छ ? यसबारेमा आज हामी बताउनेछौं ।

पाउजुको इतिहास

पाउजुलाई अंग्रेजीमा एंक्लेट पनि भनिन्छ । पश्चिमी देशमा पनि यसको महत्व छ । यसको उत्पत्ति कहिले भयो भनेर भन्न एकदमै मुश्किल छ तर प्राचीन मन्दीरका मुर्तीमा पाउजु जस्तो तर एकदमै मोटो गहना लगाएको देखिन्छ ।

जसलाई महिला पुरुष दुवैले लगाउने गरेको पाइन्छ । यसको अर्थ पाउजु जसले पनि लगाउन सक्छ । तर यसको बनोट भने महिला र पुरुषअनुसार फरक हुन्छ ।

पाउजु चाँदी र सुनमा कुन शुभ

सुनले लक्ष्मीलाई प्रतिनिधित्व गर्दछ त्यसैले हिन्दु धर्ममा यसलाई खुट्टामा लगाउन बञ्चित गरिएको छ । त्यहीँ चाँदीले शरीरलाई चिसो बनाउने गर्दछ त्यसैले शरीरको कुनै पनि हिस्सामा लगाउन सकिन्छ ।

बजारमा तपाईंलाई चाँदीकै पाउजु पाइन्छ । तर तपाईंले सुन जस्तै देखिने अन्य धातुको पाउजु लगाउनु सक्नुहुन्छ । यस्तो पाउजु बजारमा पनि प्रसस्त पाइन्छ ।

पाउजुका वैज्ञानिक लाभ

पाउजुबाट आउने छम छम आवाजले मनलाई शान्ति दिन्छ र यसबाट हुने भाइब्रेसनले शरीरलाई कैयौं प्रकारको फाइदा दिन्छ ।

यस्तो पनि मानिन्छ, पाउजु लगाउँदा ती ठाउँमा अक्युप्रेस हुने भएकाले खुट्टा सुन्निने तथा दुख्ने समस्या पनि कम हुन्छ । चाँदी चिसो हुने हुँदा यसले शरीरलाई सितल राख्ने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved