तनहुँ-१ मा आफ्नो जित सुनिश्चित रहेको नेता भट्टराईको दाबी

नेपालभ्युज

तनहुँ-१ मा आफ्नो जित सुनिश्चित रहेको नेता भट्टराईको दाबी

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर-१ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतमा झैं यसपटक पनि कांग्रेस नै विजयी हुने बताएका हुन् ।

यसपटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि उल्लेख गर्दै नेता भट्टराईले गठबन्धनका दलहरू एक भएर चुनावमा प्रतिस्पर्धा गर्ने जिकिर गरे ।

आफूले गरेका कामहरू नै आफ्नो जितका आधार भएको नेता भट्टराईकाे भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved