मदिरासँग यस्ता खानेकुरा नखानुहोस्

नेपालभ्युज

मदिरासँग यस्ता खानेकुरा नखानुहोस्

एजेन्सी । प्रायः मानिस मदिरासँग जे भेटिन्छ त्यही खाने गर्छन् । उनीहरुलाई थाहै हुँदैन कुन चिजले के असर गर्छ भन्ने । त्यस्ता धेरै चिज छन् जसलाई मदिरासँग खाँदा स्वास्थ्यमा झनै नकारात्मक असर पर्न सक्छ ।

त्यसो त मदिरा मात्र सेवन गर्नु पनि राम्रो होइन । तर कतिपय यस्तो खानेकुरा सँगै खाँदा समस्या उत्पन्न हुन सक्छ ।

  • कतिपय मानिस मदिरासँग मुंगफली वा फ्राई गरेको काजु खाने गर्छन् । तर यसरी खाँदा स्वास्थ्यलाई नराम्रो असर गर्दछ ।
  • मदिरासँग सोडा वा कोल्ड ड्रिंक्स मिसाएर पनि खानु हुँदैन । किनकि यी दुवै चीजले शरीरमा पानीको मात्रा कम गर्छ । यसको बदलामा बरु जुस, पानी र बरफ मिलाएर खान सकिन्छ ।
  • मदिरा पिउँदा शरीरमा एसिडिटीको समस्या हुन्छ । त्यसकारण मासु धेरै खानबाट बच्नुपर्छ ।
  • धेरै जस्तो मानिस मदिरासँग चिप्स खाने गर्छन् । किनकी यो सस्तो तथा जहाँ पनि पाइन्छ । तर यसले पानीको मात्रा झन् कम हुन्छ ।
  • मदिरासँग गुलियो चिज पनि खानु हुँदैन । यसले मदिराको नशालाई दुई गुणा बढाउँछ । जसले गर्दा मानिस अनियन्त्रित हुन सक्छ ।
  • केही मानिस मदिरासँग दुधबाट बनेका उत्पादन दही, चीज वा मक्खन लगायत पनि खाने गर्छन् । यी चिज पचाउन धेरै समय लाग्ने गर्छ । साथै पिज्जा तथा पास्ता पनि नखाएको राम्रो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved