पति पत्नीबीच प्रेम प्रगाढ बनाउन अपनाउनुहोस् यस्ता वास्तु टिप्स

नेपालभ्युज

पति पत्नीबीच प्रेम प्रगाढ बनाउन अपनाउनुहोस् यस्ता वास्तु टिप्स

एजेन्ससी। ससबै जोडीले आफ्नो दाम्पत्य जीवन सधैं राम्रो भइरहोस् भन्ने चाहन्छन् । श्रीमान् श्रीमतीबीच प्रेम सधै भइरहोस् भन्ने चाहना सबै जोडीको हुन्छ ।

तर यो कुरा पनि बुझ्न आवश्यक छ कि सम्बन्धलाई प्रगाढ बनाउन आफूले पनि केही मेहनत गर्नुपर्छ भनेर । त्यस्तै तपाईंले केही वास्तुशास्त्रले बताएका टिप्सहरुलाई अपनाएर पनि आफ्नो सम्बन्धलाई सधैं प्रगाढ बनाइरहन सक्नुहुन्छ ।

घरमा कुनै चीज सही ठाउँमा नहुँदा पनि दाम्पत्य जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले जोडीबीच सम्बन्ध राम्रो बनाइरहन सबै चीजहरु आआफ्नो ठाउँमा राख्नु पर्दछ ।

– सुत्ने कोठामा सुन्दर गमला राख्न सकिन्छ । यसले वैवाहिक जीवनमा खुशी ल्याउँछ । त्यस्तै सुत्ने कोठामा काठको दराज मात्र राख्नुपर्दछ ।

– कोठालाई सधैं सजाएर राख्नुहोस् । सुन्दर तथा सफा कोठामा जो कसैको मनमा सकारात्मक भावना जागृत हुन्छ ।

– बेडरुममा आउने प्रकाश सिधै सुत्ने बेडमा पर्नु हुँदैन । यो त्यति राम्रो हुँदैन । प्रकाश पछाडि वा वायाँदेखि आएको राम्रो हुन्छ ।

– बेडरुममा सिसा राख्नु राम्रो मानिँदैन । वास्तुअनुसार यसले नकारात्मक भ्रम र झगडा बढाउने काम गर्छ ।

– सुत्ने कोठामा सिरानी कुसन आदिका जोडीहरु राख्नुपर्दछ, बिजोडी छन् भने हटाइहाल्नुहोस् ।

– पलङ वा विस्तराको भित्र भाँडा, किताब, भाँचिएका फुटेका सामान, खराब इलेक्ट्रिक सामान, औषधी आदि राख्नु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved