वास्तुशास्त्र अनुसार घर बनाउँदा ध्यान दिनुपर्ने दिशा

नेपालभ्युज

वास्तुशास्त्र अनुसार घर बनाउँदा ध्यान दिनुपर्ने दिशा

एजेन्सी । मानिस बस्ने ठाउँलाई पञ्चतत्वअनुसार मिलाउने कार्यलाई नै वास्तु भनिन्छ । वास्तुशास्त्रको मुख्य मान्यता प्रकृतिसँग रहेर संरचना निर्माण हुनुपर्छ भन्ने हो । यसले घर वा भवनमा ऊर्जा प्रवाह गर्छ ।

प्रवेशद्वार

घर बनाउँदा सकेसम्म उत्तर वा पूर्व फर्किएको भूमिमा निर्माण गर्नु उपयुक्त हुन्छ । प्रमुख प्रवेशद्वार घडेरीको बनावटअनुसार पूर्व, उत्तर,  पश्चिम वा पूर्व–उत्तर दिशामा हुनु राम्रो मानिन्छ । यो अन्य ढोकाभन्दा ठूलो तथा अत्यन्त सुशोभित हुनुपर्छ ।

भान्सा कोठा

वास्तुशास्त्र अनुसार घर निर्माण गर्दा भान्साकोठाको स्थान दक्षिण–पूर्व आग्नेय दिशामा हुनुपर्छ । यो सम्भव नभएमा कोठाको दिशा हेरेर पनि मिलाउन सकिन्छ । सामान्यतया खाना पकाउँदा पूर्व वा उत्तर फर्किएको हुनुपर्छ ।

पूजा कोठा

पूर्व-उत्तर ईशान दिशाको बीचमा पूजाकोठा हुनु राम्रो मानिन्छ । यो दिशामा पढ्ने कोठा वा पूजाकोठा राख्न मिल्ने हुनुपर्छ । अध्ययन कक्ष उत्तर दिशामा भएको राम्रो मानिन्छ ।

बैठक कोठा

बैठक कोठा उत्तर फर्किएको राम्रो मानिन्छ । ढोका खोल्दा भित्र परेको हुनुपर्छ । घरको बीचमा बैठक कोठा बनाएको राम्रो मानिन्छ ।

सुत्ने कोठा

घरको दक्षिण वा पश्चिम दिशातिर सुत्ने कोठाको स्थान बनाउँदा राम्रो हुन्छ । घरमूलीको सुत्ने कोठा घरको दक्षिण–पश्चिममा र सुत्दा शिर दक्षिणतर्फ हुनुपर्छ ।

शौचालय

घरमा शौचालय दक्षिण वा पश्चिम दिशामा बनाउँदा राम्रो हुन्छ । शौचालयको धारा उत्तर, पश्चिम वा पूर्व झर्ने हुनुपर्छ । शौचालयमा बस्दा पूर्व वा पश्चिम फर्किनु आवश्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved