घुमफिरले बनाउँछ दिमाग तेज

मानसिक तथा शारिरीक स्वास्थ्य तथा खुशी हुनका लागि पनि कामको बीचमा समय निकालेर घुमफिर गर्नुपर्दछ । तपाईं पनि आफ्नो साथीभाई परिवारसँग घुमफिरको योजना बनाउन सक्नुहुन्छ ।

नेपालभ्युज

घुमफिरले बनाउँछ दिमाग तेज

एजेन्सी । घुमफिर गर्नाले मुड त राम्रो हुन्छ नै यसले स्वास्थ्यमा पनि धेरै नै फाइदा गर्ने गर्दछ । आउनुहोस् जानौं यात्रा वा घुमफिर सम्बन्धी फाइदाहरुका बारेमा–

– घुमफिर गर्नाले तपाईंले नयाँ चिजहरु देख्नुका साथै दिमागको गति पनि तेज हुन्छ । जसले गर्दा सिक्ने क्षमता राम्रो हुन्छ ।
– दिनहुँको भागदौडको जीवनले जो कोही मानिसको तनाव बढ्ने गर्छ । यस्तोबेला केही समय निकालेर घुमफिर गर्न जाँदा तनाव टाढा भाग्छ साथै मुड पनि रिफ्रेश हुन्छ ।

– बाहिर घुमफिर गरिरहने व्यक्तिलाई हृदयघातको समस्या पनि एकदमै कम हुन्छ । यसले मनमस्तिष्क दुबै खुशी हुने भएकाले स्वास्थ्य पनि राम्रो बन्छ ।

– घुमफिर मस्ती तथा रमाइलोको लागि मात्र हुँदैन । यसले तपाईंको क्षमता पनि विकास गर्छ । साथै तपाईंको रचनात्मक क्षमता पनि बढाउने गर्दछ ।

– जो व्यक्तिहरुलाई घुमफिर गर्न रमाइलो लाग्छ त्यस्तो व्यक्तिको आईक्यू लेवल पनि राम्रो हुन्छ । त्यसैले घुमफिर गर्नुहोस् र खुशी हुनुहोस् ।

-यात्रा गर्नाले शरीरमा सेरोटोनिन र डोपामाइन जस्ता खुशीका हर्मोनहरु बढ्छन् । जसले गर्दा मुड राम्रो हुन्छ र खुशी अझै बढ्छ ।
त्यसैले मानसिक तथा शारिरीक स्वास्थ्य तथा खुशी हुनका लागि पनि कामको बीचमा समय निकालेर घुमफिर गर्नुपर्दछ । तपाईं पनि आफ्नो साथीभाई परिवारसँग घुमफिरको योजना बनाउन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved