एजेन्सी। छालाको स्याहार एकदमै आवश्यक छ । त्यसैले हामी धेरै प्रकारले आफ्नो छालाको स्याहार गरिरहेका पनि हुन्छौं ।
तर कतिपय अवस्थामा विभिन्न उपायहरु अपनाउँदा पनि छालामा समस्या देखिन्छ । त्यस्तो भने कहिलेकाँही जानेर वा नजानी गरिने गल्तीहरुको नतिजा स्वरुप हाम्रो छाला बिग्रन्छ । आज हामी यहाँ एकदमै सुख्खा छाला हुनेले छालामा गर्न नहुने कामका बारेमा बताउनेछौं ।
– सुख्खा छाला भएका युवतीले म्याट फाउन्डेशनहरुको प्रयोग गर्नु हुँदैन । किनकी सुख्खा छालालाई चिल्लोको एकदमै आवश्यकता हुन्छ तर म्याट फाउन्डेशनहरुमा तेलको मात्रा शुन्य बराबर हुन्छ ।
-सुख्खा छाला भएका व्यक्तिले लुज पाउडर वा धुलो पाउडरको उपयोग एकदमै कम गर्नुपर्छ । यसले छालालाई अझै सुख्खा बनाउने काम गर्दछ ।
– सुख्खा छाला भएकाले तातो पानीको प्रयोग गर्नु हुँदैन । यसले छाला झनै सुख्खा बनाउँछ ।
– यस्तो छालामा धेरै स्क्रब प्रयोग गर्नु हुँदैन । त्यसको सट्टा तपाईं क्लिजिंग मिल्कको प्रयोग गर्न सक्नुहुन्छ ।
Facebook Comment
Comment