बर्दिवास महोत्सवको चौथो संस्करण सुरु

बर्दिवास महोत्सवको चौथो संस्करण सुरु

जनकपुरधाम। ‘उद्योग व्यवसाय र कलाको विकास गरौं, साहित्य संस्कृतिको संरक्षण गरौं’ भन्ने मूल नाराका साथ आजदेखि बर्दिवास महोत्सवको चौथो संस्करण सुरु भएको छ ।

चैत १३ गतेसम्म चल्ने यस महोत्सवको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार उदघाटन गरे ।

महोत्सवको उदघाटन गर्दै उनले स्थानीय उत्पादनलाई गर्न यो महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कोभिडका कारण विश्वकै व्यापार व्यवसाय, पर्यटन प्रवर्द्धन, कृषि उत्पादन र बजारीकरण, उद्योग तथा कलकारखाना सबै क्षेत्र धरासायी बनेको वर्तमान अवस्थामा यस्ता महोत्सवले आर्थिक कारोवारमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे।

उनले यसबीच बढदो विप्प्रेषण, फस्टाउँदो पर्यटन उद्योग र बैंक तथा वित्तीय संस्थाको सुधारोन्मुख अवस्थितिले थला परेको अर्थतन्त्रमा आशाका किरण देखिएको धारणा व्यक्त गरे।

बर्दिवास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजना तथा बर्दिवास नगरपालिकाको संरक्षकत्वमा सुरु भएको यस महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आयोजक बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खड्काले बर्दिवासमा कृषि, शिक्षा र स्वास्थको प्रचुर सम्भावना रहे पनि राज्यको उपेक्षा र लगानीमैत्री वातावरण नहुँदा यहाँको व्यापार व्यवसाय धराशायी भएको पीडा व्यक्त गरे ।

उनले महोत्सवले पर्यटकीय सम्भावनालाई समेत मूर्तरुप दिन महोत्सव फलदायी हुने बताए ।

महोत्सव परिसरमा १७० भन्दा बढी व्यापारिक स्टलहरू राखिएका छन् । स्टलहरूमा स्थानीय व्यापारी, रैथाने सामग्री र कृषि उत्पादनलाई प्राथमिकतामा राखिएको छ ।

बर्दिवासको सामाजिक आर्थिक विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यजस्ता विषयमा महोत्सव केन्द्रित रहेको आयोजकले जनाएको छ ।

महोत्सवको उदघाटनअघि यस क्षेत्रमा वसोवास गर्ने थारू, दनुवार, मगर, तामाड., माझी, नेवार, भुजेल, मुस्लिमसहित ९ थरिका जातजातीले लोकसंस्कृतिमा आधारित झाँकीसहित नगर परिक्रमा गरेका थिए ।

झाँकीमा नौमती बाजासहित सिन्धुली कलाघरका महिलाहरू द्वारा गरिएको सांस्कृतिक प्रस्तुतिले सबैको लागि आकर्षक बनेको थियो ।महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० रुपियाँ र विद्यार्थीलाई ४० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

चौथो संस्करण लाखबढीले अवलोकन गर्ने ५ करोडको कारोवार हुने आयोजकको आँकलन रहेको छ भने महोत्सव सम्पन्न गराउन ५५ लाख खर्च हुने र आम्दानी ६० लाखको हाराहारीमा हुने अनुमान आयोजकको रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved