कब्जियत पूर्ण रुपमा निको पार्न यसरी खानुहोस् ‘बेल’

नेपालभ्युज

कब्जियत पूर्ण रुपमा निको पार्न यसरी खानुहोस् ‘बेल’

एजेन्सी । गर्मी मौसममा बेलको शरबत वा जुस बनाएर पिउनु एकदमै फाइदाजनक मानिन्छ । यसको शरबत पिउने गरेमा शरीर चिसो रहन्छ र शरीरमा गर्मीको नराम्रो असर हुन पाउँदैन ।

बेलमा प्रोटिन, फाइबर, पोटाशियम, आइरन जस्ता पोषक तत्व तथा कैयौं भिटामिनहरु पाइन्छन् । यसको सेवनले कब्जियतमा मात्र होइन शरीरका अन्य समस्याहरुमा पनि फाइदा पाइन्छ ।

पेटमा ग्यास, पखाला, कब्जियत तथा पेट दुखाई जस्ता समस्याहरुमा बेलको सेवन कुनै औषधी भन्दा कम हुँदैन । यसमा पाइने फाइबर तथा अन्य तत्वले पाचन प्रक्रियालाई राम्रो बनाउँछ ।

कब्जियतमा बेलको प्रयोग

कब्जियत जस्तो पाचन प्रक्रियासँग जोडिएको समस्याबाट छुट्कारा पाउनका लागि तपाईं बेलको शरबत बनाएर पिउन सक्नुहुन्छ । यसलाई बेलपत्र जुस पनि भनिन्छ ।

बेलको शरबत तपाईं सजिलै घरमै बनाउन सक्नुहुन्छ । यसका लागि बेललाई सफा गरेर फुटालेर गुदी निकाल्नुहोस् र त्यसबाट बिजहरु निकालेर फाल्नुहोस् र उक्त गुदीमा आवश्यकता अनुसार पानी मिसाएर शरबत बनाउनुहोस् । यसरी नियमित रुपमा सेवन गर्दा कब्जियतमा एकदमै फाइदा गर्छ ।

यसबाहेक बेलको पाउडर पनि कब्जियत निको पार्न एकदमै फाइदाजनक हुन्छ । त्यसका लागि दैनिक बिहान साँझ एक एक चम्चा बेलको पाउडर पानीसँग खानुहोस् ।

कब्जियतको समस्याबाट छुट्कारा पाउनका लागि माथि बताइएअनुसार बेलको सेवन गर्न सक्नुहुन्छ । साथै कब्जियत भएमा खानपान तथा जीवनशैलीको विशेष ध्यान दिनु पर्दछ । यसबाट छुट्कारा पाउनका लागि तपार्यं नियमित स्वस्थ तथा पौष्टिक खाना खानुहोस् । धेरै तारेको तथा भुटेको मसालादार चिजहरु खानबाट बच्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved