काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले यूएईमाथि डिएल मेथडबाट जित निकालेको हो। खेलसँगै २ अंक जोडेको नेपाल तेस्रो स्थानमा उक्लिएको छ। ३९ अंक भएको नामिबिया चौथो स्थानमा झरेको छ।
यससँगै नेपाल जिम्बाब्वेमा हुने विश्वकप क्वालिफायरमा पुग्न सफल भएको छ । नेपालले ३११ रनको लक्ष्य पछ्याउँदै गर्दा ४४ ओभरमा खराब प्रकाशका कारण खेल रोकिएको थियो ।
त्यसबेला नेपालले ६ विकेट क्षतिमा २६९ रन बनाएको थियो । पछि खेल सम्भव नभएपछि नेपाल ९ रनले विजयी भएको हो । नेपालका लागि ४ खेलाडीले अर्धशतक बनाए । भीम सार्कीले ६७, आरिफ शेखले ५२, गुल्सन झाले अविजित ५० र कुशल भूर्तेलले पनि ५० रनको योगदान गरे ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पुरै ओभर खेलेर ६ विकेट क्षतिमा ३१० रन बनाएको थियो । यूएईका लागि असिफ खानले अविजित १०१ रन बनाए । यस्तै वृत्य अरविन्दले ९४ र मोहम्मद वसिमले ६३ रन बनाए ।
नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए ।
नेपालको ब्याटिङ नचल्दा बलर चल्छन् बलर नचल्दा ब्याटिङ चल्छ ।यसरीनै खेल्ने हो भने भारतलाई पनि धुलो चटाउन धेरै टाढा छैन जस्तो छ।