कीर्तिपुर खेल मैदानमा वर्षाको सम्भावना, नेपाल र यूएईबीचको जारी खेल प्रभावित हुनसक्ने

खण्ड खण्डमा हुने वर्षा ३० मिनेट देखि १ घण्टासम्म हुन सक्ने छ। यदि वर्षा भएमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लिग–२ को अन्तिम खेलमा नेपाल र यूएईबीचको जारी खेल प्रभावित हुन सक्नेछ।

नेपालभ्युज

कीर्तिपुर खेल मैदानमा वर्षाको सम्भावना, नेपाल र यूएईबीचको जारी खेल प्रभावित हुनसक्ने

काठमाडौं। हालको अवस्था सफा रहे पनि कीर्तिपुर क्षेत्रमा वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। नेपालभ्युजसँगको कुराकानीमा महाशाखाले खण्ड खण्डमा वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी गराएको हो।

‘‘कीर्तिपुरमा बादल देखिएको छ। खण्डित वर्षा हुने सक्ने सम्भावना छ। तर, हावाको वेगले बादल उडाएर लाने पनि सम्भावना  छ’’, महाशाखाले जानकारी दिएको छ।

खण्ड खण्डमा हुने वर्षा ३० मिनेट देखि १ घण्टासम्म हुन सक्ने छ। यदि वर्षा भएमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लिग–२ को अन्तिम खेलमा नेपाल र यूएईबीचको जारी खेल प्रभावित हुन सक्नेछ।

अहिलेको ताजा अवस्थामा भने बादल हटेको छ। जारी खेलमा नेपालले जित निकाले विश्वकप छनोटमा स्थान पक्का गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved