एजेन्सी । हामी सबैले चाहन्छौं आफ्ना गमला वा करेसाका बोटविरुवामा सधैं हरियाली छाओस् । कुनै एउटा समय यस्तो आउँछ जहाँ बोटविरुवाहरु बिग्रन थाल्छन् ।
त्यतिबेला तपाईं विभिन्न किटनाशक तथा अन्य औषधीहरुको प्रयोग गर्न थाल्छौं । त्यस्को सट्टा तपाईं घरमै केराको बोक्राबाट स्पे्र तयार गर्न सक्नुहुन्छ । जो एकदमै फाइदाजनक हुनेछ ।
आमरुपमा हामी केरा खाएपछि त्यसको बोक्रा फालिदिन्छौं । यदी तपाईंको घरमा गमलामा भएपनि बोटविरुवा, फूल आदि छन् भने केराको बोक्रा त्यतिकै फाल्नु एकदमै गलत हो ।
तपाईं यसको सहयोगमा एकदमै प्रभावकारी स्पे्र तयार गर्न सक्नुहुन्छ । केराको बोक्रामा पोटाशियम, फस्फोरस, क्याल्सियम र सोडियम जस्ता कैयौं गुणहरु पाइन्छन् जसले तपाईंको बोटविरुवाका किराहरु मार्न सहयोग गर्छ ।
आवश्यक सामग्री
-केराको बोक्रा
– अन्डाको बोक्रा
– कागतीको रस
– एक चम्चा इनो
– पानी
स्प्रे बनाउने विधि
पानी बनाउनका लागि करीब दुई वटा केराको बोक्रा लिनुहोस् । बोक्रालाई सानो सानो टुक्रा बनाएर काट्नुहोस् । उक्त केराको बोक्रा, अन्डाको बोक्रा, आधा कागतीको रस र एक चम्चा इनोलाई एउटा कचौरामा राख्नुहोस् ।
उक्त कचौरामा पानी राख्नुहोस् र ढाक्नुहोस् । यसलाई करीब २–३ दिन जति भिजाइराख्नुहोस् । त्यसपछि उक्त बोक्राहरु छानेर पानीलाई स्पे्र बोतलमा राखेर प्रयोग गर्नुहोस् ।
कति प्रयोग गर्ने
विरुवालाई जरादेखि पातसम्म उक्त स्प्रेको प्रयोग गर्नुहोस् । हप्तामा दुई देखि तीन पटक यसको प्रयोग गर्नुहोस् । तपाईंको विरुवा पहिलेभन्दा एकदमै राम्रो र बलियो हुँदै जानेछ । केही हप्तामै यसको राम्रो नतिजा आउँछ ।
Facebook Comment
Comment