काठमाडौं। बुधबार नेप्से पुनः घटेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १४.४४ अंकले गिरावट हुँदा १९३८.६२ अंकमा बन्द भएको छ।
व्यापारबाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से ०.७४ प्रतिशतले गिरावट भएको हो । लघुवित्त उपसूचक सर्वाधिक १.८६ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.७८ प्रतिशतले गिरावट भएको छ।
नेप्सेमा गिरावट भए पनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम केही वृद्धि भएको छ । मंगलबार करिब १ अर्ब १४ करोडको कारोबार भएको थियो ।
बुधबार नेप्सेमा २५ हजार ४९१ वटा कारोबारमा ३७ लाख १६ हजार ६८४ कित्ता सूचीकृत धितोपत्र खरिदबिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार बजारमा कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १४९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै, ५१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १४ कम्पनीको सेयरमूल्य स्थिर छ ।
Facebook Comment
Comment