गर्मीमा आकर्षक देखिने ‘लिपिस्टिक सेड’

नेपालभ्युज

गर्मीमा आकर्षक देखिने ‘लिपिस्टिक सेड’

एजेन्सी । गर्मी सुरु भएसँगै कपालको डिजाइन, अनुहारको मेकअप देखि पहिरन परिवर्तन हुन्छ । गर्मीमा महिलालाई कस्तो रंगको लिपिस्टिक राम्रो देखिन्छ भनेर बुझ्न आज हामी सहयोग गर्नेछौं ।

गर्मीमा राम्रो र सुन्दर देखिने लिपिस्टिक सेडहरु–

सुन्तला रंग

समर सिजनमा ओरेन्ज लिपसेड सबैलाई मन पर्ने रंग हो । यसले एकदमै उज्यालो देखाउँछ । साथै सुन्तला रंग कुनै पनि छालामा राम्रो देखिन्छ । त्यसैले तपाईं निर्धक्क भएर यस्तो रंगको लिपिस्टिक किन्न सक्नुहुन्छ ।

म्याजेन्टा रंग

म्याजेन्टा पनि एकदमै रातो रंग मन नपराउनेका लागि राम्रो विकल्प हुन सक्छ । यसले तपाईंलाई एकदमै ‘बोस’ खालको अनुभव दिनेछ ।

यो एकदमै बोल्ड कलर मानिन्छ जसलाई तपाईंले अफिस जाँदा पनि लगाउन सक्नुहुन्छ ।

हल्का खैरो

न्यूड लिपिस्टिकमा प्राय तपाईंले हल्का खैरो रंगहरु पाउनुहुनेछ । जसलाई एकदमै धेरै लिपिस्टिक लगाउन मन पर्दैन त्यस्ता युवतीका लागि यो रंग पनि एकदमै राम्रो हुन्छ । यो अहिलेको ट्रेन्डिङ रंग मध्ये एक हो ।

पिंक (गुलाबी)

गर्मीका लागि पिंक लिपिस्टिक पनि एकदमै राम्रो विकल्प हो । यो त धेरै युवतीको मन पर्ने रंग पनि हो । यसले एकदमै क्यूट देखाउँछ । साथै टिनएजरका लागि त झनै यो पर्फेक्ट रंग हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved