महिलाका लागि अनुहारको सेभिङका फाइदा र बेफाइदा

नेपालभ्युज

महिलाका लागि अनुहारको सेभिङका फाइदा र बेफाइदा

एजेन्सी । त्यसो त अहिले महिलाहरुले आफ्नो अनुहारका रौंहरु हटाउन विभिन्न उपायहरु अपनाइरहेका हुन्छन् । जसमध्ये एउटा हो सेभिङ ।

यदी तपाईं सेभिङ गर्न चाहनुभएको छ र यसका फाइदा बेफाइदाका बारेमा जान्न चाहनुहुन्छ भने आज हामी तपाईं सोही विषयमा जानकारी दिनेछौं ।

अनुहार सेभिङका फाइदा
– सेभिङ गर्दा मरेको छाला, छालामा भएको अत्यधिक चिल्लोपना तथा फोहोरहरु निस्कन्छन् जसले गर्दा छाला सफा देखिन थाल्छ ।
– अनुहारको सेभिङको अर्को फाइदा छ, पैसाको बचत । तपाईंलाई पार्लर गएर पैसा खर्च गरेर रौं निकालिरहनु पर्ने आवश्यकता हुँदैन ।
– सेभिङ गर्दा त्यति धेरै दुख्दैन जति वाक्स तथा थे्रडिंग गर्दा दुख्ने गर्छ ।
-कतिपय व्यक्तिहरु अनुहारको रौंहरुलाई लिएर एकदमै सचेत हुन्छन् र अन्य मानिसका अगाडि जान पनि चाहँदैनन् । उनीहरुका लागि घरमै सेभिङ गर्नु एउटा राम्रो विकल्प हुन्छ ।
– अनुहारको रौंहरु हटाउँदा मेकअप गर्दा पनि सजिलो हुन्छ र मेकअप राम्रोसँग छालामा बस्छ । त्यसैले एकदमै राम्रो मेकअपका लागि अनुहार सेभ गर्नु अत्यावश्यक छ ।

अनुहार सेभिङ गर्नुका बेफाइदा

– यदी तपाईं अनुहारको रौंहरु हटाउन चाहनुहुन्छ भने तपाईंलाई पनि पुरुषहरुले जसरी समयमै सेभिङ गर्नुपर्ने हुन्छ । जो कतिपयलाई झन्झटिलो लाग्न सक्छ ।
– कतिपय संवेदनशील छालामा सेभिङ पछि छाला रातो हुने, दाना निस्कने जस्ता समस्या पनि देखिन सक्छन् ।
– सेभिङ गर्दा कतिपय अवस्थामा तपाईंको छाला मर्न सक्छ । जसले गर्दा चोटपटक आउने काटिने खतरा पनि हुन्छ ।
– सुख्खा छाला भएका व्यक्तिका लागि यो अलि समस्या निम्त्याउने खालको पनि हुन सक्छ । किनकी यसले छाला अझै सुख्खा बनाउँछ । जसले गर्दा छालामा पाप्रा निस्कने तथा चिलाउने समस्या देखिन्छ ।

अनुहार सेभिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु

– सबैभन्दा पहिला सफासँग अनुहार धुनुहोस् र राम्रोसँग सुकाउनुहोस् । सेभिङ गर्ने समयमा कुनै पनि प्रकारको क्रिमहरुको प्रयोग नगर्नुहोस् ।
-यदी तपाईंको छाला एकदमै सुख्खा छ भने सेभिङ जेल, मोइस्चराइजर लोशन वा क्रिमको प्रयोग गर्न सक्नुहुन्छ ।
– सधैं त्यही रेजर प्रयोग गर्नुहोस् जो महिलाको अनुहारमा सेभिङ गर्नका लागि बनाइएको छ ।
– आफ्नो छालामा घाउ वा चोट लाग्नबाट जोगाउन एकदमै पुरानो रेजर प्रयोग नगर्नुहोस् ।
– सेभिङ गर्ने समयमा एउटा हातले छालालाई तानेर कसिलो बनाउनुहोस् । रौंहरु पलाएको दिशातिरै हल्कासँग रेजर गर्नुहोस् ।
– आफ्नो आँखाको वरिपरि सेभिङ गर्ने राम्रोसँग अनुभव भएपछि मात्र गर्ने गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved