एजेन्सी । धेरै समय घाममा बस्ने र सफाईमा कमीका कारण घाँटीको भाग कालो हुन सक्छ । त्यसैले घरमै सजिलै सँग घाँटीको कालोपनबाट छुट्कारा पाउन सकिन्छ ।
त्यसका लागि अपनाउनुहोस् यस्ता उपाय –
एलोबेरा र मुल्तानी मिट्टी
एलोवेरा जेलमा मुल्तानी मिट्टी र गुलाब जल मिसाएर पेस्ट बनाउनुहोस् । अब यस पेस्टलाई घाँटीमा लगाएर सुक्न दिनुहोस् । त्यसपछि घाँटीलाई सफा गर्नुहोस् । यो उपाय घाँटीको कालोपन नजाँदासम्म प्रयोग गर्नुहोस् ।
बेसन र कागती
बेसनमा कागतीको रस मिसाएर पेस्ट तयार गर्नुहोस् । अब यस पेस्टलाई घाँटीमा लगाउनुहोस् । २५ मिनेटसम्म राखेर घाँटी सफा गर्ने र मोइस्चराइजर लगाउने ।
फिटकिरी
एक चम्चा फिटकिरी पाउडरमा एक चम्चा कागतीको रस र एक चम्चा गुलाव जल मिसाएर पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई घाँटीमा लगाएर केहीबेर राखी धुनुहोस् ।
दुध, बेसार र बेसन
दुध र बेसार बराबर मात्रामा मिसाउनुहोस् र त्यसमा दुई चिम्टी बेसार मिसाउनुहोस् । उक्त पेस्टलाई घाँटीमा लगाएर मसाज गर्नुहोस् । यसलाई केहीबेर मसाज गरेर धुनुहोस् । यसलाई तपाईं शरीरमा अन्यत्र पनि प्रयोग गर्न सक्नुहुन्छ ।
चामलको पिठो र आलुको रस
चामलको पिठोमा आलुको रस मिसाएर पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई घाँटीमा लगाउनुहोस् । आधा घण्टा राखेर धुनुहोस् । यसले घाँटीको कालोपन कम हुँदै जानेछ ।
Facebook Comment
Comment