एजेन्सी । सोफा त प्रायः सबैको घरमा हुन्छ । यो बैठक कोठाको महत्वपूर्ण हिस्सा नै हो । तर यसलाई सफा गर्ने तरिका भने धेरैलाई थाहा हुँदैन ।
यो सोचेर चिन्तित हुनुहुन्छ भने सोफालाई घरमै कसरी सफा गर्ने भनेर आज हामी केही टिप्स बताउनेछौं । लेदर होस् वा कपडाको सोफा सजिलै सफा गर्न सकिन्छ ।
फाइबरको सोफा चम्काउने तरिका
फाइबरको सोफालाई सफा गर्नका लागि सबैभन्दा पहिला तपाईं सोफाको तलमाथि चारैतिर पानी मिसाएको बेकिंग सोडालाई छर्किनुहोसु ।
अब एउटा ब्रसको सहायताले हल्का हातले सोफालाई घोटेर सफा गर्नुहोस् । घोटेपछि एक घण्टाका लागि यत्तिकै छोड्नुहोस् । त्यसपछि भ्याकुम क्लिनरले सफा गर्नुहोस् ।
माइक्रोफाइबरको सोफा सफा गर्ने तरिका
तपाईंको घरमा माइक्रोफाइबरको सोफा छ भने यसलाई सफा गर्न पनि बेकिंग सोडाको प्रयोग गर्न सक्नुहुन्छ । एउटा सानो भाँडोमा पानी लिनुहोस् र त्यसमा बेकिंग सोडा मिसाएर लेदो तयार गर्नुहोस् ।
त्यसपछि नरम ब्रसको मद्दतले सोफामा लागेका दाग तथा फोहोर ठाउँमा उक्त पेस्ट लगाएर गोलाकारमा ब्रस घोटेर सफा गर्नुहोस् । कुनै पनि दाग सजिलैसँग सफा हुनेछ र सोफा चम्किलो हुनेछ ।
लेदरको सोफा सफा गर्ने तरिका
लेदरको सोफा सफा गर्न त्यति गाह्रो हुँदैन । तर यसलाई जोगाएर राख्न बरु अलि समस्या हुन्छ । छिटै च्यातिने डर हुन्छ । एउटा स्प्रे बोतलमा पानीसँग बेकिंग सोडा र भाँडा सफा गर्ने लिक्विडको केही थोपा मिसाउनुहोस् र घोल तयार गर्नुहोस् ।
अब उक्त बोतलबाट स्प्रे गर्दै सुतीको कपडाले घोटेर सफा गर्नुहोस् । साथै लेदरको सोफा सफा गर्न छुट्टै वाक्स पनि बजारमा सजिलै पाइन्छ ।
Facebook Comment
Comment