बाथरुम, वासरुम र रेस्ट रुममा के छ अन्तर ?

नेपालभ्युज

बाथरुम, वासरुम र रेस्ट रुममा के छ अन्तर ?

एजेन्सी । तपाईंको घरमा बाथरुम छ कि वासरुम ? के केटाकेटी प्रश्न सोधेको जस्तो लाग्यो ? धेरै व्यक्तिलाई यो पर्यायवाची शब्द जस्तो लाग्छ तर त्यसो होइन ।

यी दुवै एकदमै भिन्दाभिन्दै शब्द हुन् र यिनको अर्थ पनि फरक छ र प्रयोग पनि फरक छ । जस्तो ट्वाइलेट र ल्याबेटरीमा फरक छ त्यसरी नै बाथरुम, वासरुम र रेस्ट रुम पनि फरक हुन्छन् ।

वाशरुम यस्तो शब्द हो जो करीब दुई दशक पहिलेदेखि नै प्रचलनमा आएको हो र यसको एउटा भिन्दै कारण छ । वाशरुम, बाथरुम र रेस्ट रुम तीनवटै शब्द अंग्रेजी भाषाका हुन् र यिनीहरुको अर्थ प्रयोगको आधारमा निर्भर हुन्छ ।

बाथरुमको अर्थ

जस्तो नामबाटै थाहा हुन्छ जहाँ नुहाउने सुविधा भएको हुन्छ । यसमा ट्वाइलेटको सिट हुन पनि सक्छ नहुन पनि सक्छ । यदि तपाईंले घरमा ट्वाइलेट सिटमा केही गर्न जाँदै हुनुहुन्छ भने पनि बाथरुम जान्छु भन्नुहुन्छ होला ।

यो प्रयोग गलत हुन्छ किनकी बाथरुमको ट्वाइलेट सिटसँग कुनै पनि सम्बन्ध हुँदैन । यस्तो कोठा जहाँ नुहाउने सुविधा भएको होस् त्यसलाई बाथरुम भनिन्छ । जसमा धाराको फोहरा, बाल्टी, टब आदि हुन सक्छ ।

कतिपय घरमा बाथरुम र ट्वाइलेट छुट्टाछुट्टै पनि हुने गर्छ । साथै अर्को कुरा बाथरुम कुनै एक जेन्डरका लागि हुँदैन । त्यो जो कोहीले पनि प्रयोग गर्न सक्छ ।

वासरुमको अर्थ

वासरुम त्यस्तो कोठा हो जहाँ सिंक र ट्वाइलेट सीट दुवै हुन्छन् । यहाँ ऐना हुन पनि सक्छ नहुन पनि सक्छ । यहाँ कपडा फेर्ने ठाउँ त हुन सक्छ तर नुहाउने ठाउँ हुँदैन ।

प्रायजसो मल, सिनेमा घर, अफिस आदिमा वासरुम हुने गर्दछन् । कतिपय ठाउँमा वासरुम लैंगिक आधारमा छुट्याइएको हुन्छ । त्यसैले यस्ता ठाउँमा तपाईंले लैंगिक आधारमा फरक फरक वासरुम पाउनुहुनेछ । त्यहाँ बाथरुम कहीँ पनि लेखिएको हुँदैन ।

रेस्टरुमको अर्थ

रेस्टरुमको सिधा सिधा अर्थ त जहाँ आराम गरिन्छ त्यही कोठा भन्ने जनाउँछ । यो अमेरिकन अंग्रेजीको शब्द हो यसको अर्थ पनि वासरुम नै हुन्छ । अमेरिकामा वासरुमलाई नै रेस्ट रुम भन्ने चलन छ ।

यो अहिलेको नभएर एकदमै पुरानो चलन हो । ब्रिटिश अंग्रेजीको हिसाबमा वासरुम सही हो भने अमेरिकन अंग्रेजीमा रेस्ट रुम । फरक त्यति मात्र हो । अहिले धेरै ठाउँमा रेस्ट रुम लेखेको देख्न पाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved