एजेन्सी । आइरन एउटा यस्तो सामग्री हो, जो हाम्रो जीवनमा दिनहुँ आवश्यक पर्दछ । यस्तो जसरी कपडाको सरसफाईमा ध्यान दिइन्छ त्यसरी नै आइरनको पनि सफाईमा ध्यान दिन जरुरी छ ।
किनकि आइरनमा लागेको दाग तपाईंले कपडामा लगाउँदा सर्न सक्छ । कहिलेकाँही जुक्किएर होस् वा धेरै तातोका कारण आइरनमा दाग लाग्छ । धेरै तातोले गर्दा कपडा जलेर त्यसमा टाँसिन्छ र दाग बन्छ ।
आज हामी यहाँ त्यही दाग निकाल्ने तरिका बताउनेछौं । जो एकदमै सजिलो र छिटो गर्न सकिन्छ । यसलाई धेरै मेहनत पनि गर्नु पर्दैन र दाग हट्नेछ ।
पहिलो काम
सबैभन्दा पहिला कपासलाई कागतीपानीमा भिजाउनुहोस् र दागभएको भागमा राख्नुहोस् । यसप्रक्रियालाई ४–५ मिनेटसम्म गरिरहनुहोस् । यसो गर्दा दाग भएको भाग नरम हुन्छ र सफा गर्न सजिलो हुनेछ ।
बेकिंग सोडाको प्रयोग
आइरनमा लागेको कालो दागलाई निकाल्ने एक मात्र चिज हो बेकिंग सोडा । खाना बनाउन होस् वा घरको अन्य सफाईका लागि तपाईं बेकिंग सोडाको प्रयोग त गर्नुहुन्छ होला । यसको प्रयोगले आइरनको तल्लो भागमा लागेको कालो दाग पनि मिनेटमै सफा हुनेछ । त्यसका लागि तपाईंलाई धेरै मेहनत पनि गर्नु पर्दैन ।
सफा गर्ने तरिका
- सबैभन्दा पहिला एउटा कचौरामा ३–४ चम्चा बेकिंग सोडा राख्नुहोस् ।
- अब यसमा २–३ चम्चा कागतीको रस मिसाएर गाढा मिश्रण तयार गर्नुहोस् ।
- उक्त मिश्रणलाई आइरन जलेको भागमा लगाएर ५ मिनेटका लागि छोड्नुहोस् ।
- पाँच मिनेटपछि ब्रसको मद्दतले घोटेर सफा गर्नुहोस् ।
बेकिंग सोडा र मञ्जन
बेकिंग सोडा र मञ्जनको मद्दतले पनि आइरनको दाग सफा गर्न सकिन्छ । यसले पाँच मिनेटमै तपाईंको आइरन चम्किलो बनाउनेछ ।
- एउटा कचौरामा २–३ चम्चा बेकिंग सोडा राख्नुहोस् ।
- अब यसमा ३–४ चम्चा मञ्जन राखेर राम्रोसँग मिसाउनुहोस् ।
- त्यसपछि उक्त मिश्रणलाई जलेको भागमा लगाएर लगभग पाँच मिनेटका लागि छोड्नुहोस् ।
- पाँच मिनेटपछि घोटेर सफा गर्नुहोस् ।
Facebook Comment
Comment