रातभर कपालमा एलोभेरा लगाउनुका फाइदा

नेपालभ्युज

रातभर कपालमा एलोभेरा लगाउनुका फाइदा

एजेन्सी । एलोभेरा छालाका साथै कपालका लागि पनि फाइदाजनक हुन्छ । यसले कपालसम्बन्धी समस्याबाट छुट्कारा पाउन मद्दत गर्दछ ।

एलोभेरा जेल रातभर लगाउँदा पनि फाइदा हुन्छ । अब लागौं यसलाई लगाउने तरिका र फाइदा बारे ।

कपाल रहनेछ हाइड्रेट

कपाल मोइस्चरको कमीले सुख्खा हुने गर्दछ । यस्तोमा कपाललाई हाइड्रेट राख्न एलोभेरा जेललाई रातभर लगाएर सुत्न सक्नुहुन्छ ।

आवश्यक सामग्री

  • आधा कप एलोभेरा जेल (कपालको लम्बाई र मोटाइअनुसार थोरै वा धेरै हुन सक्छ)
  • एक चौथाई अदुवाको रस

यसलाई बनाउने तरिका

मिक्सरमा आधा कप एलोभेरा जेल र एक चौथाई अदुवाको रस मिसाउनुहोस् । अब यसलाई राम्रोसँग मिक्स गर्नुहोस् । अब उक्त मिश्रणलाई एउटा बोतलमा भर्नुहोस् । यसलाई कपालको जरामा लगाउनुहोस् र केहीबेर मसाज गर्नुहोस् ।

रातभर यसलाई लगाएर छोड्नुहोस् । अर्को दिन बिहान स्याम्पुले कपाल धुनुहोस् । हप्तामा दुई पटक यस विधिलाई प्रयोग गर्दा कपाल चम्किलो हुन्छ ।

लामो कपालका लागि

यदि तपाईं कपाल लामो बनाउन चाहनुहुन्छ भने एलोभेरा जेलसँग प्याजको रस मिसाएर लगाउनु सक्नुहुन्छ । विधि जसरी अदुवाको बताइएको छ त्यसरी नै गर्न सक्नुहुन्छ । रातभर यसलाई लगाएर राख्दा जरा जरामा यसको पोषक तत्व पुग्छ र छिटै काम गर्दछ ।

यसरी तपाईंले एलोभेरालाई दुई प्रकारले कपालमा लगाएर फाइदा लिन सक्नुहुन्छ । यो विधिले अन्य रासायनिक क्रिमको जस्तो साइड इफेक्ट पनि हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved