नुहाउँदा पानीमा यस्तो चीज मिसाउनुहोस् भाग्य खुल्नेछ

नेपालभ्युज

नुहाउँदा पानीमा यस्तो चीज मिसाउनुहोस् भाग्य खुल्नेछ

एजेन्सी । ज्योतिषशास्त्र अनुसार नुहाउने बेला पानीमा यदि तपाईं केही चीज मिसाउनुहुन्छ भने विभिन्न दोषहरु टाढा भाग्ने मान्यता छ ।

आउनुहोस् जानौं ती सामग्रीहरुका बारेमा–

यदि तपाईं नुहाउने पानीमा एक चिम्टी बेसार मिसाउनुभयो भने तपाईको बृहस्पति ग्रह बलियो बनाउन मद्दत पुग्नेछ । यसले सफलता र सामथ्र्यको आशिर्वाद पाइने ज्योतिषशास्त्रअनुसार मान्यता छ ।

यदि नुहाउने पानीमा तपाईंले एक चिम्टी नुन मिसाएर नुहाउनुभयो भने शरीरबाट सबै नकारात्मक ऊर्जा टाढा जानेछ ।

नुहाउने पानीमा यदि दुई थोपा जति घ्यू मिसाउनुभयो भने शरीर रोग मुक्त हुने ज्योतिषशास्त्रमा बताइएको छ । साथै शरीर रोगमुक्त हुन्छ र दिर्घायुको आशिर्वाद प्राप्त हुन्छ । यसले छालामा पनि चमक ल्याउँछ ।

त्यस्तै शारीरिक समस्याहरुबाट छुट्कारा पाउनका लागि पानीमा गुलाब जल मिसाएर नुहाउनुहोस् । यदी तपाईं ज्योतिषशास्त्रलाई मान्नुहुन्छ भने नुहाउने पानीमा गुलाब जल मिसाउनुहोस् सकारात्मक ऊर्जा प्राप्त हुनेछ ।

यदि कसैको नराम्रो नजरबाट बच्न छ भने काँचो दुध नुहाउने पानीमा मिसाउन सक्नुहुन्छ । यसले दोषहरु हट्नेछ । यदि तपाईं नुहाउने पानीमा थोरै तिल मिसाएर नुहाउनुहुन्छ भने तपाईंलाई आर्थिक लाभ हुनेछ ।

साथै विमारीहरु कम हुनेछन् । तिल मिसाएको पानीले नुहाउँदा पितृ दोषहरुबाट छुट्कारा पाइने समेत ज्योतिष शास्त्रले बताउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved