तपाईंको निद्रा पूरा भएको छैन भनेर अनुहारले दिन्छ यस्ता संकेत

यदी तपाईं रातमा राम्रोसँग सुत्नुभएको छैन भने सबैभन्दा पहिला तपाईं अनुहारमा डलनेस आउँछ र छालामा कालोपन देखिन थाल्छ । तपाईं जतिसुकै कस्मेटिक्सहरुको प्रयोग गर्नुहोस् अनुहार डल नै देखिन्छ ।

नेपालभ्युज

तपाईंको निद्रा पूरा भएको छैन भनेर अनुहारले दिन्छ यस्ता संकेत

एजेन्सी । राम्रो निद्राले तपाईंको पूरै दिन राम्रो बनाउँछ भने निद्रा पूरा नहुँदा यसले दिन त बिर्गाछ नै साथै तपाईंको अनुहारमा पनि यसको असर पर्दछ ।

तपाईंको निद्रा राम्रोसँग पूरा भएको छ कि छैन भनेर अनुहारले देखाइहाल्छ । आउनुहोस् हामी यहाँ बताउनेछौं राम्रोसँग निद्रा पूरा नहुँदा तपाईंको अनुहारमा कस्ता कस्ता संकेतहरु देखिन्छन् भनेर ।

छालामा ‘डलनेस’ आउँछ

यदी तपाईं रातमा राम्रोसँग सुत्नुभएको छैन भने सबैभन्दा पहिला तपाईं अनुहारमा डलनेस आउँछ र छालामा कालोपन देखिन थाल्छ । तपाईं जतिसुकै कस्मेटिक्सहरुको प्रयोग गर्नुहोस् अनुहार डल नै देखिन्छ ।

छालामा सुख्खापन

जब हामी सुत्छौं, हाम्रो छालाका कोषिकाहरुले मरेको छालालाई रिपेयर गर्ने काम गर्दछन् । यस्तो अवस्थामा छालामा तैलीय पदार्थ उत्पन्न हुन्छ जसले अनुहारमा चमक दिने काम गर्छ । यदी तपाईं राम्रोसँग सुत्नुभएन भने तपाईंको छाला एकदमै सुख्खा देखिन्छ ।

आँखाको तल कालोपन

जब तपाईं राम्रोसँग सुत्नुहुन्न त्यसको असर आँखामा तनाव उत्पन्न हुन्छ । जसले गर्दा आँखाको तल कालोपन देखिन्छ । यस्तो अवस्था आँखामा धेरै थकानले गर्दा हुन्छ ।

आँखा सुन्निने

धेरै व्यक्तिहरुको समस्यामा एउटा पर्दछ आँखाको तलको भाग सुन्निने । यस्तो धेरै कारणले हुने गर्दछ जसमध्य एक भने निद्रा नपुग्दा आँखामा हुने तनावले पनि हुन्छ ।

चाउरीपना देखिन्छ

लामो समय तपाईंको निद्रामा समस्या आउने हुँदा यसले अनुहारमा नराम्रो असर पर्दछ । जसले गर्दा छालामा छिटै चाउरीपना आउने गर्दछ । अनुहारमा चाउरीपना उमेर बढ्दै जाँदा पनि आउँछ तर एउटा कारण राम्रो निद्रा नलिने गर्दा पनि हुन्छ ।

डन्डीफोर

यदी तपाईंको अनुहारमा डन्डीफोर आइरहन्छ भने यसको एउटा कारण निद्रा पूरा नगर्नु पनि हुन्छ । डन्डीफोरका लागि धेरै दिन अनिदो हुनु पर्दैन । यसका लागि एक दिन नै अनिदो हुनुभयो भने पनि आइहाल्छ ।

यस्ता विभिन्न समस्याहरुबाट बच्नका लागि कम्तीमा ८ घण्टा गहिरो निद्रा लिन आवश्यक हुन्छ । यसले अनुहारमा त समस्या हुन्छ नै निद्रा पूरा नहुँदा अन्य मानसिक तथा शारीरिक समस्याहरु पनि उत्पन्न हुन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved