धुम्रपान छोड्न चाहनुहुन्छ ? अपनाउनुहोस् यस्ता टिप्स

चुरोटको हरेक खिल्लीमा हानिकारक तत्व छ भन्ने थाहा हुँदा हुँदै पनि तानिरहनु एकदमै विडम्वनाको कुरा हो । तर कतिपय व्यक्तिहरुले भने यस्तो लतलाई छोडेर स्वस्थकर जीवनशैली अपनाउने कोसिस पनि गरिरहेका छन् ।

नेपालभ्युज

धुम्रपान छोड्न चाहनुहुन्छ ? अपनाउनुहोस् यस्ता टिप्स

एजेन्सी । धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा सबैलाई थाहा छ । तर पनि धेरै युवा वर्ग यसको लतमा पर्दछन् ।

चुरोटको हरेक खिल्लीमा हानिकारक तत्व छ भन्ने थाहा हुँदा हुँदै पनि तानिरहनु एकदमै विडम्वनाको कुरा हो । तर कतिपय व्यक्तिहरुले भने यस्तो लतलाई छोडेर स्वस्थकर जीवनशैली अपनाउने कोसिस पनि गरिरहेका छन् ।

यदी तपाईं पनि धुम्रपानको लतलाई छोड्न चाहनुहुन्छ तर सकिरहनु भएको छैन भने । हामी तपाईंलाई केही टिप्सहरुका बारेमा बताउने छौं जसले तपाईंलाई धुम्रपान छोड्न सजिलो हुनेछ ।

धुम्रपान कसरी छोड्ने –

१. निकोटिन रिप्लेसमेन्ट थेरापी

यो शुरुआती प्रक्रिया मध्ये पर्दछ जसले धुम्रपान छोड्ने कोसिस गरिरहेका छन् । निकोटिन कम वा प्याचले चुरोट पिउने तलतल कम गर्ने गर्दछ । तर पनि यदी तपाईंको शरीरले निकोटिन माग गर्छ भने यसका लागि अलिकति लामो समय लाग्न सक्छ । तर तपाईंले कोसिस जारी गर्नुपर्दछ ।

२. ट्रिगरबाट बच्ने

हरेक व्यक्तिमा कुनै न कुनै एउटा ट्रिगर पोइन्ट हुन्छ जसले धुम्रपानको इच्छालाई जगाउने गर्दछ । यदी तपाईं वास्तवमा धुम्रपान छोड्न चाहनुहुन्छ भने त्यस्तो कमजोरी पक्षलाई नियाल्ने कोसिस गर्नुहोस् ।

जस्तै कुनै पार्टीमा धेरै लामो समय बस्नु, अनावश्यक साथीभाईको भेटघाट वा जमघट गर्नु, लामो समय फोनमा कुरा गरिरहनु जस्ता कामले धुम्रपान गर्न पे्ररित गर्दछ । त्यसैले त्यस्ता कुराबाट बच्नुहोस् । साथै तनावले पनि धुम्रपान गर्ने इच्छा जगाउँछ त्यसैले आफूलाई सकेसम्म काममा व्यस्त पार्ने र तनाव कम लिने गर्नुहोस् ।

३. फलफूल तथा तरकारीको धेरै सेवन

आफ्नो खानपानमा फलफूल तथा तरकारीहरुको सेवन बढाउनुहोस् । केही खाउँ खाउँ लागेको समयमा फलफूल खान सकिन्छ ।

४. शारीरिक गतिविधि

शारीरिक गतिविधिहरुमा व्यस्त भएर ध्यानलाई अन्यत्र मोड्ने कोसिस गरिरहनु पर्दछ । समय व्यवस्थापन गर्नुहोस् र शारीरिक गतिविधिका लागि पनि समय निकाल्नुहोस् ।

काम बाहेकको समयमा पनि घरका कामकाजमा व्यस्त रहने वा हिँड्ने, व्यायाम तथा योग गर्ने गर्न सक्नुहुन्छ । शारीरिक क्रियाकलापहरुले ध्यान त भट्किन्छ नै साथै शरीर पनि स्वस्थ हुन्छ ।

५. भावनात्मक सहयोग

परिवार र साथीभाईको समर्थन पनि यस्तो कार्यमा एकदमै महत्वपूर्ण हुन्छ । यदी तपाईंले धुम्रपान छोड्न चाहनुहुन्छ भने आफ्ना नजिकका साथीभाई परिवारलाई भन्नुहोस् जसले तपाईंलाई सकारात्मक कामका लागि उत्प्रेरित गर्दछन् ।

यस्तो बेलामा तपाईं ती धुम्रपान गर्ने साथीभाईसँग भने टाढा रहनुपर्ने हुन्छ । किनकी उनीहरुले तपाईंलाई गम्भीर रुपमा लिँदैनन् । यदी तपाईंलाई अझ धेरै समस्या महसुस भइरहेको छ भने कोही स्वास्थ्य विशेषज्ञको सहयोग पनि लिन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved