आँखाको कालो घेरा कम गर्न के खाने ?

तपाईंको अनुहार जति नै सुन्दर होस्, यदी आँखाको तल्लो भागमा कालो घेरा छ भने अनुहारको सबै सुन्दरता हराउँछ ।

नेपालभ्युज

आँखाको कालो घेरा कम गर्न के खाने ?

एजेन्सी । तपाईंको अनुहार जति नै सुन्दर होस्, यदी आँखाको तल्लो भागमा कालो घेरा छ भने अनुहारको सुन्दरता हराउँछ ।

डार्क सर्कलले तपाईंको सुन्दरतामा दाग त लगाउँछ नै अनुहार हेर्दा पनि तपाईं विमारी जस्तो देखिनुहुन्छ । त्यसैले आज यहाँ जानौं डार्क सर्कल हटाउनका लागि कुन कुन चिजलाई तपाईं आफ्नो खानपिनमा समावेश गर्न सक्नुहुन्छ ।

टमाटर

टमाटरमा भिटामिन के, भिटामिन सी, पोटाशियम र एन्टीअक्सीडेन्ट जस्ता गुणहरु भरपूर मात्रामा पाइन्छ । जसले कालो घेरालाई कम गर्ने काम गर्दछ ।

काँक्रा

काँक्रामा यस्तो पोषक तत्व हुन्छ जसले तपाईंलाई हाइड्रेट राख्ने काम गर्छ । दिनहुँ यसको सेवनले आँखाको कालो घेरालाई पनि कम गर्न मद्दत गर्दछ ।

ब्लुबेरी

ब्लुबेरीमा ओमेगा ३, भिटामिन सि जस्ता तत्वहरु पाइन्छन् । जसले छालाको चमकलाई बढाउने काम गर्छ र कालो घेरालाई पनि कम गर्न मद्दत गर्दछ ।

हरियो सागसब्जी

आँखाको तलको कालो घेरालाई कम गर्न खानपानमा सागसब्जीलाई समावेश गर्नु पर्दछ । हरियो पात भएका खानेकुराहरु खाँदा अनुहारको छाला पनि चम्किलो हुँदै जान्छ । साथै यो आँखाका लागि पनि राम्रो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved