गर्मीमा स्वास्थ्यको ख्याल राख्ने नयाँ तरिका

नेपालभ्युज

गर्मीमा स्वास्थ्यको ख्याल राख्ने नयाँ तरिका

एजेन्सी । फागुन सकिनै लाग्दा देशभर गर्मी सुरु भइसकेको छ । गर्मीमा स्वास्थ्यका लागि जीवनशैली फेर्ने बेला आइसकेको छ ।

आज हामी तपाईंलाई यस्ता उपाय बारे बताउनेछौं जसलाई अपनाए गर्मीमा स्वास्थ्य राम्रो बनाउन सहयोग पुग्नेछ ।

शरीरलाई हाइड्रेट राख्ने

गर्मीको समयमा प्रायः शरीरमा पानी कम हुँदै डिहाइड्रेसनको समस्या देखिने गर्दछ । जसकारण विभिन्न रोग पनि लाग्ने गर्दछ ।

त्यसैले गर्मीमा आफ्नो स्वास्थ्य जोगाइराख्न हाइड्रेट हुन एकदमै आवश्यक हुन्छ । यसका लागि धेरै भन्दा धेरै पानी पिउनु पर्दछ ।

साथै मौसमी फलफूलहरुको सेवन गर्ने, जुस तथा सरबत, कागती पानी, लस्सी आदि पिउन सकिन्छ । साथै झोलिलो पदार्थ खानमा जोड दिनु पर्दछ ।

घाममा जानबाट बच्नुहोस्

गर्मीमा उच्च प्रोटिन भएको खानेकुरा कम खानुपर्दछ । साथै दिउँसोको घाममा जानबाट बच्नुपर्दछ । बिहानको घाम स्वास्थ्यका लागि फाइदाजनक भए पनि दिउँसो  हानिकारक हुन्छ ।

जसले शरीर तथा छालालाई पनि नराम्रो असर पुर्‍याउँछ । साथै गर्मीमा हल्का रंगका पातला, खुकुला तथा सुतीका कपडा लगाउनु पर्दछ ।

चिया कफी धेरै नपिउने

कतिपय स्थानमा धेरै गर्मी बढेर लु लाग्ने समस्या पनि हुने गर्दछ । त्यसैले गर्मीमा रक्सी, चिया कफी तथा कार्बोनेटेड पेय पदार्थ पिउनबाट जोगिनु पर्दछ । साथै यस्तोमा बासी खानेकुराबाट पनि बच्नु पर्दछ । खाना बचेको खण्डमा तुरुन्तै फ्रिजमा राख्नु पर्दछ ।

मसालेदार भोजन कम गर्ने

अत्यधिक गर्मीको मौसममा मसालेदार भोजन पनि कम गर्नुपर्दछ । अत्यधिक मसाला सेवनले शरीरमा गर्मी उत्पन्न गर्दछ जो हानिकारक हुन्छ । गर्मी उत्पन्न गर्ने खानेकुराले शरीरलाई हानी गर्ने गर्दछ । त्यसैले हरियो सागसब्जी तथा रसदार फलफूलको सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ ।

मांसाहारी भोजन कम गर्ने

गर्मीको मौसममा सुरक्षित रहन अत्यधिक मांसहारी खानबाट बच्नु पर्दछ । खासगरी, मांसहारी खानालाई पचाउन समय लाग्दछ जसकारणले शरीरमा डिहाइड्रेसनको  सम्भावना हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved