एजेन्सी । जब कोही मन्दिरमा पूजा गर्न जान्छ, उसले कैयौं नियम तथा पद्दतिको पालना गर्नुपर्ने हुन्छ ।
पूजामा कैयौं प्रकारका प्रक्रियाहरु समावेश हुन्छन् । त्यसै मध्ये एउटा हो मन्दिरको परिक्रमा वा मन्दिरको वरिपरि घुम्नु । यसो गर्दा पुण्य पाइन्छ भन्ने मान्यता छ । व्यक्तिमा सकारात्मक विचार बढ्छ ।
मन्दिरलाई परिक्रमा त सबैले गर्छन् तर यसको महत्व के छ, वैज्ञानिक महत्व के छ, यससँग जोडिएका नियम के छ भनेर सायदै धेरै कमलाई थाहा होला । यस लेख मार्फत् यस्ता नियमहरु र कुन देवीदेवतालाई कति परिक्रमा गर्नेबारे जानौं ।
मन्दिर परिक्रमाको वैज्ञानिक महत्व
ध्वनी एउटा ऊर्जा हो र विज्ञानको हिसाबमा ऊर्जा न निर्माण हुन्छ न विनाश, ऊर्जा मात्र रुपान्तरण हुन्छ । मन्दिर एउटा यस्तो ठाउँ हो जहाँ मत्रहरुको जाप गरिन्छ ।
मन्त्रहरुमा शक्ति निहित हुन्छ जब यो ध्वनी ऊर्जाको रुपमा निस्कन्छ तब त्यसले मानिसमा विशेष प्रकारको प्रभाव उत्पन्न गराउँछ । जहाँ घण्टी, शंखहरु बजाइन्छ र निरन्तर मन्त्रहरुको जाप गरिन्छ त्यहाँ विशेष प्रकारको सकारात्मक ऊर्जाको आवरण बन्दछ ।
जब हामी मन्दिर जान्छौं त्यो ऊर्जालाई आफूमा लिन्छौं र त्यसबाट हामी प्रभावित हुन्छौं । त्यसैले मन्दिरमा सकारात्मकता तथा आनन्द प्राप्त हुन्छ ।
तपाईं जति धेरै ऊर्जा लिन सक्नुहुन्छ त्यति नै राम्रो हुन्छ । त्यसैले शास्त्रहरुमा एउटा विधि बताइएको छ । जसअनुसार मन्दिरको वरिपरि घुमिन्छ, जति धेरै चक्कर लगायो त्यति धेरै ऊर्जा लिन सकिन्छ । त्यसैले मन्दिरमा परिक्रमाको एकदमै महत्व हुन्छ ।
मन्दिर परिक्रमा गर्दा ध्यान दिनुपर्ने कुरा
– मन्दिर परिक्रमा गर्दा जहिले पनि घडीको सुई घुमेको चक्रमा घुम्नु पर्दछ । यस्तो शास्त्रहरुमा भनिएको छ । परिक्रमा ३, ५, ७, ९, ११ वा २१ पटक गर्नुपर्दछ ।
– परिक्रमा गर्दा कि चुप लाग्नुपर्दछ कि मनमा देवताको ध्यान गर्ने वा मन्त्रहरु उच्चारण गर्न सकिन्छ ।
– भिजेको लुगा अथवा भिजेको खुट्टामा मन्दिरको परिक्रमा गर्दा अझ धेरै लाभ पाइन्छ ।
कुन भगवानलाई कति परिक्रमा गर्ने ?
– शिवको परिक्रमा आधा मात्र गर्नुहोस् किनकी शिवलिंगमा चढाइएको जललाई नाघ्नु हुँदैन भन्ने मान्यता छ ।
– सूर्य देवताको परिक्रमा सात पटक गर्नु राम्रो मानिन्छ ।
– श्रीगणेशको परिक्रमा एकपटक वा तीन पटक गर्नुपर्छ ।
– विष्णु र उनका सबै अवतारहरुको परिक्रमा चार पटक गर्नुपर्दछ ।
– देवी दुर्गा सहित सबै देवीहरुको परिक्रमा एकपटक मात्र गरिन्छ ।
– हनुमानको परिक्रमा तीनपटक गरिन्छ ।
Facebook Comment
Comment