यसरी घरमै ‘हेयर स्पा’ क्रिम बनाउन सकिन्छ

नेपालभ्युज

यसरी घरमै ‘हेयर स्पा’ क्रिम बनाउन सकिन्छ

एजेन्सी । कपाललाई ठिक पोषण र जरालाई बलियो बनाउनका लागि प्राकृतिक सामग्रीको प्रयोग नै सबैभन्दा राम्रो तरिका हो ।

त्यसैले हामी यस्ता सामग्री लिएर आएका छौं जसको मद्दतले तपाईं घरमै हेयर स्पा गर्न सक्नुहुनेछ।

हेयर स्पा क्रिम कपालका लागि अमृत बराबर हुन्छ । यसले रुखो तथा एकदमै नराम्रो कपाललाई पनि चम्किलो र बाक्लो बनाउन मद्दत गर्दछ । यसले कपाल स्वस्थ हुन्छन् र टुक्रिन तथा झर्न कम हुन्छ ।

यस प्रक्रियामा मसाज, बाफ, स्याम्पु, कन्डीसनर तथा हेयर मास्क लगाइन्छ ।

  • यदि तपाईंको कपाल सुख्खा र हलुका भएको छ भने केराटिन युक्त स्पाको आवश्यकता पर्दछ । केराटिनले रुखो कपाललाई मुलायम बनाउने काम गर्छ । यसले कपालमा पोषण पनि दिन्छ ।
  • घुम्रेको कपालका लागि केरा सबैभन्दा राम्रो सामग्री हो । केराले तपाईंको कपाललाई सिल्की बनाउनुका साथै रुखोपनलाई पनि कम गर्छ । तपाईं घरमै केराको मद्दतबाट स्पा क्रिम बनाउन सक्नुहुन्छ ।
  • दही पनि कपालका लागि एकदमै राम्रो हुन्छ । यसले कपाललाई सिल्की, मुलायम, चम्किलो बनाउने काम गर्छ । साथै चाँया पनि हट्छ ।
  • महमा मोइस्चराइजिंग तत्व पाइन्छ जसले कपालको जरालाई मोइस्चराइज गर्ने काम गर्छ । रुखो कपालमा चमक दिने काम गर्छ ।
  • नरिवलको तेलले मसाज त गर्नुहुन्छ होला । यसलाई स्पामा पनि प्रयोग गर्न सकिन्छ । यसले कपाललाई बाक्लो र लामो बनाउने काम गर्छ ।

यी विभिन्न सामग्रीको मिश्रणबाट हेयर स्पा क्रिम बनाउन सकिन्छ । जसलाई सफा कपालमा लगाएर आधा घण्टा राख्ने र सफा पानीले धुने । यसरी हप्तामा एकपटक यस्तो क्रिम प्रयोग गर्नुभयो भने कपालका लागि कुनै महंगो सैलुनमा जाने आवश्यकता नै पर्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved