स्कुल बसले ठक्कर दिँदा कैलालीमा वृद्धको मृत्यु, क्षतिपूर्तिको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नेपालभ्युज

धनगढी। कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। गोदावरी नगरपालिका-६ को खैरानामा माउन्ट शैपाल स्कुलको से.१ क ४४१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

घटनापछि, स्थानीयले दोषीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved