एजेन्सी। स्वस्थ रहनका लागि हामीले सबै आफ्नो खानपानमा ध्यान दिन्छौं । तर, कतिपय अवस्थामा हामी जानीजानी वा अञ्जानमा खाना खानेबित्तिकै यस्ता गल्ती गर्छौं जसले गर्दा हामीले स्वस्थ खाएको खानाको पनि गलत असर पर्न जान्छ ।
त्यसैले आज हामीले तपाईंलाई खाना खानेबित्तिकै गर्नै नहुने कामका बारेमा बताउनेछौं ।
सुत्ने गल्ती नगर्नुहोस्
कतिपय व्यक्ति खाना खानेबित्तिकै एकदमै अल्छी महसुस गर्दछन् र तुरुन्तै सुत्न जान्छन् । शरीरका लागि यो एकदमै गलत हुन्छ ।
जब तपाईं खाना खानेबित्तिकै सुत्नुहुन्छ यसले खाना सही ढंगले पच्न पाउँदैन । जसले गर्दा तपाईंलाई अपच, पेट फुल्ने, एसीडीटी, हार्ट बर्नजस्तो समस्या हुन सक्छ ।
धुमपान नगर्नुहोस्
धुमपान कुनै पनि बेला गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर, यदि तपाईं खाना खानेबित्तिकै धुमपान गर्नुहुन्छ भने त्यो झन् एकदमै घातक हुन्छ ।
कतिपय अध्ययनले बताएको छ कि, कुनै खानेकुरा खानेबित्तिकै गरिने धुमपानले १० गुणा बढी घातक गराउँछ । त्यसैले, धुमपान गर्ने बानी नै छोड्नु स्वास्थ्यका लागि सबैभन्दा राम्रो हुन्छ ।
खानेबित्तिकै ननुहाउनुहोस्
यो एउटा टिप्स पनि एकदमै जरुरी छ । खाना खानेबित्तिकै नुहाउँदा तपाईंको पाचन क्रियामा असर पर्दछ । त्यसैले, खाना खानेबित्तिकै नुहाउनु पनि गलत हो ।
फलफूल नखानुहोस्
खाना खाइसकेपछि फलफूलको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । खासगरी, हाम्रो शरीरले हरेक खाने कुराहरू फरक फरक तरिकाले पचाउने गर्दछ ।
त्यसैले खाना र फलफूल पनि एकाआपसमा मिल्दैनन् त्यसैले पाचन क्रियामा समस्या हुन्छ । त्यसैले, खाना खाएको तुरुन्तै पछि फलफूल खानु हुँदैन ।
चिया नपिउनुहोस्
हुन सक्छ, तपाईं चिया एकदमै मन पराउनुहुन्छ । तर, खाना खानेबित्तिकै चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । चियाले तपाईंको खाना पाचन गर्ने प्रक्रियालाई खल्बल्याउने काम गर्छ । यदि तपाईंले भोजनमा प्रोटिन खानुभएको छ भने चियाबाट निस्कने एसिडले प्रोटिनलाई कडा बनाउँछ जसले गर्दा पचाउन गाह्रो हुन्छ ।
पानी नपिउनुहोस्
आर्युवेदमा भनिएको छ- ‘खानाअघिको पानी अमृत, खानासँग पानी आनन्द, खानाको तुरुन्तैपछि खाने पानी विष र खाना खाएको एक घण्टापछि पिउने पानी बल हो ।’
त्यसैले, खाना खाएको तुरुन्त पछि पानी पिउनु हुँदैन । यसो गर्दा खाना पचाउने एसिड र पोषक तत्त्व पानीमा घुलित हुन्छन् र पिसाबसँगै बगेर जान्छन् ।
Facebook Comment
Comment