‘इनग्रोन’ हेयरबाट कसरी छुटकारा पाउने ?

रौं हटाउनु भन्दा पहिला मोइस्चराइज गर्न एकदमै जरुरी हुन्छ । त्यसका लागि सेविंग क्रिम वा एलोभेरा जेल लगाउनुहोस् । रौं हटाइसकेपछि पनि मोइस्चराइजर लगाउनुपर्छ ।

नेपालभ्युज

‘इनग्रोन’ हेयरबाट कसरी छुटकारा पाउने ?

एजेन्सी । शरीरको छालाभित्रै आउने रौंहरुलाई नै ‘इनग्रोन’ हेयर भनिन्छ ।

कैयौं पटक सेविङ गर्दा पनि केही रौं छालाभित्र रहने गर्छन् । त्यसपछि ती रौं छालाबाहिर नबढेर छालाको भित्री भागमै बढ्ने गर्छन् ।

छालालाई एक्सफोलिएट गर्दा छालाका पोर्सहरु सफा हुन्छन् । जसले गर्दा इनग्रोन हेयरको सम्भावना कम हुन्छ । त्यसैले हप्तामा एकपटक एक्सफोलिएट गर्नु एकदमै जरुरी हुन्छ । यसले मृत कोषिका तथा फोहोर पनि सफा हुन्छ ।

छालाको स्याहार नगर्दा इनग्रोन हेयरको समस्या देखिन्छ । त्यसैले बाफ लिनु पनि एकदमै आवश्यक छ । बाफ लिँदा छालाका रोमछिद्रहरु खुल्दछन् ।

अनावश्यक रौंहरुलाई हटाउनु भन्दा पहिलो राम्रोसँग सफा गर्न एकदमै आवश्यक हुन्छ । छालालाई सफा नगरी खौरिँदा इनग्रोन हेयर बढ्ने एकदमै सम्भावना हुन्छ ।

रौं हटाउनु भन्दा पहिला मोइस्चराइज गर्न एकदमै जरुरी हुन्छ । त्यसका लागि सेविंग क्रिम वा एलोभेरा जेल लगाउनुहोस् । रौं हटाइसकेपछि पनि मोइस्चराइजर लगाउनुपर्छ ।

रौंहरु खौंरिँदा कपाल कतातिर फर्किएका छन् त्यतैतिर सेवन गर्नुपर्छ । गलत दिशातिर गर्दा रौं भित्रदेखि जाँदैनन् र छिटै उम्रन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved