व्यस्त आमाहरूका लागि छालाको सुरक्षासम्बन्धी टिप्स

नेपालभ्युज

व्यस्त आमाहरूका लागि छालाको सुरक्षासम्बन्धी टिप्स

एजेन्सी। गर्मी मौसम सुरु भइसकेको छ । यो मौसममा छाला रुखो र मृत हुने गर्छ । यस्तो अवस्थामा यदि, छालाको स्याहार गरिएन भने चाउरीपना, दाग, धब्बा, डन्डीफोर लगायतका समस्याहरू बढ्न थाल्छन् ।

यस्तो समस्या व्यस्त रहने आमाहरूका लागि बढी हुने गर्दछ । आमाहरूका लागि आफ्नो छालाको स्याहार गरिरहने धेरै समय हुँदैन ।

जसकारण बदलिँदो मौसमसँगै उनीहरूको छाला पनि बिग्रँदै जान्छ । यसका लागि आज हामी त्यस्ता टिप्स बताउनेछौं जसलाई लागू गर्न त्यति गाह्रो छैन । थोरै मात्र समय निकाल्न सके पनि छालासम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

  • सजिलो स्किन केयर रुटिन बनाउनुहोस
  • गर्मीमा छालामा धेरै चिल्लोपना आउने गर्छ । छालामा धेरै तेल जम्मा हुने भएकाले धुलो र माटो पनि टाँसिन्छ । छालामा फोहोर जम्मा हुनुका कारण संक्रमण हुने खतरा – हुन्छ । त्यसैले यस्ता समस्याबाट बच्नका लागि सजिलो स्किन केयर रुटिन बनाउनुहोस्
  • हरेक दिन अनुहारलाई दुईपटक फेसवासले सफा गर्नुहोस् ।
  • छालामा रुखोपन आउन नदिनका लागि हरेक फेसवासपछि मोइस्चराइजर लगाउने गर्नुहोस्।
  • हप्तामा एकपटक छालालाई स्क्रब गर्नुहोस् । स्क्रब बनाउनका लागि कफी, चिनी र महलाई बराबर मात्रामा मिलाउनुहोस् ।
  • हप्तामा एकपटक फेस प्याकको प्रयोग गर्नुहोस् । फेस प्याक बनाउनका लागि बेसार र दूध, दही, काँक्रा, मेवा, बेसन एलोभेरा आदिको प्रयोग गर्न सक्नुहुन्छ ।
  • छिटो तयार हुने जुस पिउनुहोस् ।
  • छालाको संक्रमण र गर्मीमा हुने समस्याबाट बच्नका लागि तरकारी तथा फलहरूको रस सेवन गर्नुहोस् । यसले छालालाई डिहाइड्रेट गर्ने काम गर्छ र शरीरको फोहोर पनि बाहिर निस्कन्छ ।
  • छालालाई हाइड्रेट राख्नका लागि काँक्रोको जुस, पुदिनाको जुस, नरिवल पानी, खरबुजाको जुस, तथा अन्य फलफूलको जुस सेवन गर्न सकिन्छ । यसैगरी, पानीको कमीबाट बच्नका लागि दिनमा कम्तीमा पनि १० गिलास पानी पिउनुहोस् ।
  • आफू व्यस्त रहँदा पनि हरेक दिन  माथि उल्लेख भएअनुसार गरे आफ्नो रूप र बनावटलाई सधैं सुन्दर राख्न सकिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved