कपालका लागि फाइदाजनक योग

नेपालभ्युज

कपालका लागि फाइदाजनक योग

एजेन्सी । चाहे मानिस जवान होस् वा बुढो जसलाई पनि आफ्नो कपाल सुन्दर र बाक्लो होस् भन्ने चाहना हुन्छ ।

मौसम, प्रदुषण, पौष्टिक आहारको कमी तथा खराब जीवनशैलीका कारण कपालमा पनि नराम्रो असर पर्दछ ।

यस्तै तथा विभिन्न कारणले कतिपय व्यक्तिको उमेर भन्दा अगाडि नै कपाल झर्ने र फुल्ने (सेतो हुने) समस्या देखिन थाल्छ । यसमा कपाललाई सुन्दर बनाउन प्रयोग गरिने कतिपय खराब क्यामिकलले पनि समस्या निम्त्याउने गर्छ ।

खानपान तथा अन्य स्याहारबाहेक पनि विभिन्न योगको अभ्यास गर्दा पनि कपाललाई बाक्लो र सुन्दर बनाउन सकिन्छ । आज हामी यहाँ कपाललाई सुन्दर बनाउने योगासनका बारेमा बताउनेछौं ।

बालासन

बालासनको दिनहुँ अभ्यास गर्दा कपालको लम्बाई बढ्छ र बाक्लो गर्न पनि यो आसन फाइदाजनक हुन्छ ।

बालासन गर्नका लागि घुँडालाई मोडेर बज्रासनको अवस्थामा बस्नुहोस् । त्यसपछि हातहरुलाई माथि लग्दै गहिरो स्वास लिनुहोस् र स्वास छोड्दै शरीरलाई अगाडि झुकाउँदै टाउकोलाई जमिनमा राख्ने ।

त्रिकोणासन

सुख्खा तथा सेतो फुलेको कपालबाट छुट्कारा पाउनका लागि त्रिकोणासनको अभ्यास गर्नुहोस् । दुवै खुट्टालाई केही दुरीमा फैलाएर उभिनुहोस् । हातहरु काँध बराबर उठाउनुहोस् र दाँया हातले खुट्टालाई छुनुहोस् ।

यसरी अन्य अभ्याससँगै यी दुई आसन दिनहुँ गर्नुभयो भने यो कपालका लागि एकदमै फाइदाजनक हुन्छ । तपाईंले छिटै परिणाम देख्न सक्नुहुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved