शिल्पा र छवि ओझाबीचको मुद्दामा अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला

नेपालभ्युज

शिल्पा र छवि ओझाबीचको मुद्दामा अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला

काठमाडौं । काठमाडौं जिल्ला अदालतले अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच औपचारिक रुपमै सम्बन्धविच्छेदको फैसला गरेको  छ ।

तीन वर्ष पुरानो उक्त मुद्दामा सुनुवाइ गर्दै आइतबार जिल्ला अदालतले अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो ।

न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले  अंशबण्डा नभएसम्म मानापाथी भर्न समेत ओझालाई आदेश दिएको छ ।

अब छविको आधा सम्पत्ति भागबण्डासहित सम्बन्धविच्छेद हुनेछ भने अंशबण्डा नहुन्जेलसम्म छविले शिल्पालाई मासिक रुपमा मानाचामल भर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved