एजेन्सी । आचार्य चाणक्य एक कुशल कुटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्री थिए । उनले जीवनमा प्राप्त ज्ञान बाँडेर गए । उनले जीवनसम्बन्धी हरेक पाटोका बारेमा बताएका छन् ।
त्यस्तै उनले ५ वटा कुरा बताएका छन् जो बच्चाले आमाको गर्भबाटै लिएर आएको हुन्छ । चाणक्यले बताएका विषय विज्ञानसम्मत भन्दा पनि अन्धविश्वास खालका छन् ।
जानौं ती के हुन् ।
आयु
एउटा शिशुको जन्म हुनुपूर्व उसको आयु आमाको कोखमै तय हुन्छ । चाणक्यका अनुसार बच्चा दीर्घायु हुन्छ वा अल्पायु भनेर आमाको गर्भमै निर्णय हुन्छ ।
कर्म
मानिसले जीवनमा आफ्नो कर्म अनुसार नै फल प्राप्त गर्छ । चाणक्यका अनुसार यो जन्मिएपछि भन्दा पनि पूर्व जन्ममा उसले कस्तो कर्म गरेको थियो त्यही आधारमा व्यक्तिले सुख दुख: भोग्ने गर्छ ।
धन लाभ तथा शिक्षा
आचार्य चाणक्यले आफ्ना श्लोकमा बताएका छन् सन्तानको भाग्यमा पैसा छ कि छैन यसको निर्धारण पनि गर्भमै हुन्छ । साथै बच्चा जीवनमा कति शिक्षित हुन्छ वा हुँदैन त्यो पनि गर्भमै तय भैसकेको हुन्छ ।
मृत्यु
हामी सबैलाई थाहा भएको कुरा हो जन्मिएपछि मृत्यु अवश्य हुन्छ । कति वर्ष बाँच्ने भन्ने त हामीलाई पनि थाहा हुँदैन । तर चाणक्यको भनाई अनुसार मृत्यु पनि आमाको गर्भमै निर्धारण हुने कुरा हो ।
Facebook Comment
Comment