मोटोपन घटाउने योगाभ्यास

नेपालभ्युज

मोटोपन घटाउने योगाभ्यास

एजेन्सी । खानपानसँगै दिनहुँ योग गर्नाले शरीर स्वस्थ हुनुका साथै यसले विभिन्न रोगबाट बच्न सकिन्छ ।

हरेक रोगका लागि विभिन्न योगाभ्यास छन् । त्यस्तै मोटोपन कम गर्न पनि विभिन्न योग छन् जसले विशेष लाभ दिन्छन् । जानौं ति योग बारे ।

द्विचक्रिकासन

  • यो आसन मोटोपन कम गर्नका लागि त फाइदाजनक छ नै साथमा यसका अन्य फाइदाहरु पनि छन् । जसलाई बुँदागत रुपमा यहाँ दिइएको छ ।
  • मोटोपन घटाउनका लागि यो सर्वोत्तम अभ्यास हो । नियमित रुपमा ५–१० मिनटेसम्म यसको अभ्यास गर्नाले शरीरमा अनावश्यक रुपले बढेको तौल कम हुन्छ ।
  • पेटलाई सुडौल बनाउँछ । आन्द्रालाई सक्रिय बनाउँछ । कब्जियत, मन्दाग्नी, अम्लपित्त आदिलाई पनि निर्मल गर्दछ ।
  • कम्मर दुख्ने समस्या भएमा एक एक वटा खुट्टाले यसको अभ्यास गर्नाले फाइदा पुग्छ ।

पादवृत्तासन

  • यो आसन पनि बढेको शारीरिक तौल कम गर्नको लागि लाभदायक हुन्छ ।
  • तिघ्रा, नितम्ब तथा कम्मरमा बढेको बोसोलाई हटाई पेटलाई हल्का र सुडौल बनाउँछ ।

अर्ध हलासन

  • मोटोपन घटाउन यो आसन विशेष लाभदायक छ ।
  • यस आसनले आन्द्रालाई सबल तथा निरोगी बनाउनुका साथै कब्जियत, ग्याँस, मोटोपन आदिलाई भगाउँछ ।
  • नाइटो दुख्ने, हृदयरोग, पेट दुख्ने तथा सासको रोगमा पनि यो उत्तिकै उपयोगी छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved