कागतीले सजिलै हटाउन सकिन्छ ‘डार्क सर्कल’

नेपालभ्युज

कागतीले सजिलै हटाउन सकिन्छ ‘डार्क सर्कल’

एजेन्सी । डार्क सर्कल अथवा आँखाको तल देखिने कालो घेराको समस्या धेरैलाई हुन्छ । अनियमित जीवनशैली, पोषक तत्वहरुको कमी तथा धेरै तनाव लिने गर्दा त्यस्तो समस्या हुन्छ ।

आँखाको तल्लो भागको कालो घेराले तपाईंको पूरै सुन्दरतामै दाग लागे जस्तो देखिन्छ । यस्तो अवस्थामा कालो घेराबाट कसरी छुट्कारा पाउने भनेर हामी बताउन गइरहेका छौं ।

तपाईंले घरमै कागतीको प्रयोगले यस्तो समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । डार्क सर्कल हटाउनका लागि कागतीलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ ।

कागती र मह

आँखाको तलको कालो घेराबाट छुट्कारा पाउनका लागि तपाईं कागती र महलाई एकैठाउँमा मिलाएर लगाउन सक्नुहुन्छ ।

यसका लागि तपाईं एउटा कचौरामा एक चम्चा मह र एक चम्चा कागतीको रस मिसाउनुहोस् । अब यसलाई आँखाको तल्लो भागमा लगाएर दुई मिनेट जति मसाज गर्नुहोस् ।

१० मिनेट पछि पानीले सफा गर्नुहोस् । ख्याल गर्नुहोला यो आँखा भित्र नजाओस् ।

कागती र दही

कागती र दही दुबै छालाका लागि एकदमै फाइदाजनक छन् । यि दुबै चीज खाँदा जति फाइदा हुन्छ लगाउँदा पनि फाइदाहरु पाउन सकिन्छ ।

यसलाई बनाउनका लागि दुई चम्चा दहीमा एक चम्चा कागतीको रस मिसाउनुहोस् साथै यसमा एक चुट्की बेसार पनि मिसाउन सकिन्छ ।

अब यसलाई पनि अघिल्लो पेस्ट जसरी आँखाको तल लगाउनुहोस् । १० देखि १५ मिनेट राखेर यसलाई सफा पानीले धुनुहोस् । दिनहुँ यसो गरेमा डार्क सर्कल छिटै कम हुँदै जान्छ ।

कागती र ग्लिसरीन

ग्लिसरीनमा मोइश्चराइजिंग गुण हुन्छ । यो छालाको दाग धब्बालाई हटाउँछ र छाला चम्किलो बनाउँछ । डार्क सर्कल हटाउनका लागि तपाईं कागती र ग्लिसरीनलाई मिसाउनुहोस् । यसलाई पनि अन्य तरिका जसरी नै अपनाउन सक्नुहुन्छ ।

यसरी विभिन्न उपायहरु अपनाउनुका साथै स्वस्थ खानपान तथा जीवनशैली अपाउनु पनि एकदमै जरुरी हुन्छ । साथै दिनभरमा कम्तीमा ३ लिटर पानी पिउँदा पनि छालामा चमक आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved