खाली पेट चियासँग बिस्कुट, एकदमै हानिकारक

नेपालभ्युज

खाली पेट चियासँग बिस्कुट, एकदमै हानिकारक

एजेन्सी । प्राय मानिस बिहानको सुरुवात चियासँग बिस्कुट खाँदै गर्छन् । ठूलादेखि साना सबैले चियासँग बिस्कुट एकदमै मन पराउँछन् ।

तर बिहान खाली पेटमा चियासँग बिस्कुट खाँदा शरीरलाई कति धेरै हानी गर्छ भनेर सोच्नुभएको छ ? डाइटिशियनका अनुसार यसले केके बेफाइदा गर्छ जानौं ।

मोटोपनको समस्या

चिया र बिस्कुट खाँदा तपाईंको तौल एकदमै छिटो बढ्छ । जसले गर्दा मोटोपनको समस्या आउन पनि सक्छ । बिहान खाली पेटमा चिया र बिस्कुट खाँदा शरीरमा धेरै क्यालोरी बढ्छ जसले गर्दा मोटोपन हुन्छ ।

सुगर बढ्ने सम्भावना

बिस्कुटमा काब्र्स र चिनीको मात्रा धेरै हुन्छ । यस्तोमा दिनहुँ बिस्कुटको सेवन गर्दा तपाईंको शरीरमा सुगरको मात्रा बढ्न सक्छ ।

कब्जियतको समस्या

बिस्कुट बनाउनका लागि तेल, मैदा र चिनीको अत्यधिक प्रयोग हुन्छ । जसले गर्दा यसको सेवनले धेरै व्यक्तिमा कब्जियत, छाती पोल्ने तथा पाचन सम्बन्धी समस्या देखिने गर्दछ ।

डन्डीफोर तथा दाग आउने समस्या

चियामा पाइने क्याफिन र बिस्कुटमा हुने सुगरको मात्राले तपाईंको छालामा नकारात्मक असर गर्न सक्छ ।

चिया र बिस्कुटको सेवन एकैसाथ गर्दा छालालाई अझ धेरै बेफाइदा हुन्छ । जसले गर्दा डन्डीफोर लगायतका अन्य समस्या देखिन्छन् ।

दाँतमा समस्या

बिस्कुटको सेवन गर्दा तपाईंको दाँतलाई पनि नोक्सान हुन्छ । बिस्कुटमा धेरै सुगर पाइने र यो चपाउँदा एकदमै मसिनो हुनाले दाँतमा अट्कीएर क्याबिटिजको समस्या हुन सक्छ । बच्चाका लागि बिस्कुट झनै नोक्सानदायक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved