एजेन्सी । बढिरहेको तापमानबाट थाहा हुन्छ गर्मीको आगमन भइसकेको छ । यस्तोमा मानिसको जीवनशैली खानपान सबै फेरिन्छ । गर्मीमा स्वस्थ राख्न शरीरलाई डिहाइड्रेट हुनबाट जोगाउनु पर्छ ।
यस्तो अवस्थामा धेरै मानिसले पानी तथा अन्य पेय पदार्थको धेरै सेवन गर्छन् । पानी त स्वास्थ्यका लागि एकदमै आवश्यक हुन्छ तर अन्य प्याकिङ गरिएका जुस तथा पेय पदार्थ पिउनु शरीरका लागि नोक्सानदायी हुन्छ ।
यस्तो अवस्थामा अन्य पेय पदार्थको ठाउँमा मही पिउनु निकै फाइदाजनक हुन्छ । यसले शरीरलाई डिहाइड्रेशनबाट त जोगाउँछ नै अन्य धेरै फाइदा पनि गर्छ । महीका फाइदा जानौं ।
डिहाइड्रेशनबाट जोगाउँछ
प्राय गर्मीमा पानीको कमी हुँदा शरीरमा डिहाइड्रेशनको समस्या हुन्छ । यस्तोमा तपाईं मही पिउन सक्नुहुन्छ । कैयौं पोषक तत्वले भरिपूर्ण महीमा नुन, चिनी, पुदिना राखेर पनि सेवन गर्न सकिन्छ ।
एसीडीटी कम गर्छ
धेरै तेल तथा मसला प्रयोग गरिएको खानपिनले एसिडीटीको समस्या देखिन सक्छ । यस्तोमा महीको सेवन गरेमा एसिडीटी टाढा भाग्नेछ । यसले पाचनक्रियालाई पनि बलियो बनाउँछ ।
छालाका लागि राम्रो
प्रोटिन, क्याल्शियम, भिटामीन बी, ए जस्ता गुणले भरिपूर्ण मही छालाका लागि पनि एकदमै राम्रो हुन्छ । यदि तपाईं आफ्नो छाला स्वस्थ राख्न चाहनुहुन्छ भने दिनहुँ कम्तिमा एक गिलास मही पिउने गर्नुहोस् ।
मोटोपन कम गर्छ
यदि तौल कम गर्न चाहनुहुन्छ भने यसका लागि पनि मही पिउन सक्नुहुन्छ । महीमा क्यालोरी र फ्याटको मात्रा एकदमै कम हुन्छ त्यसैले यसले शरीरमा ऊर्जा दिन्छ तर मोटोपन हुन दिँदैन ।
पेटका लागि फाइदाजनक
गर्मीमा कतिपय अवस्थामा पाचनको समस्या पनि देखिने गर्दछ । यदि गर्मीमा प्रायः पेट दुख्ने, जलन हुने तथा पेट गडबड हुने समस्या छ भने तपाईंले महीमा कालो नुन र पुदीना मिसाएर पिउन सक्नुहुन्छ । यसबाट फाइदा पाउनुहुनेछ ।
Facebook Comment
Comment