गर्मीमा कपालको स्याहार कसरी गर्ने ?

नेपालभ्युज

गर्मीमा कपालको स्याहार कसरी गर्ने ?

एजेन्सी । गर्मी सुरु भइसकेको छ । हावाहुरी, धुलो धुँवाले सताउने दिन चलिरहेका छन् । यस्तोमा कपालको सुन्दरता कायम राखिराख्न अलि गाह्रो नै पर्छ ।

हामी तपाईलाई कपाल स्याहार गर्ने सजिलो तरिका सिकाउनेछौं ।

प्रदुषण, धुलोमाटो, जस्ता कारण हुन्छन् जसले हाम्रो कपाल खराब हुन्छ । कपाललाई रुखो बनाउने, कपालको जरा कमजोर हुने, चायाँ, आदिले गर्मीमा कपालको समस्या हुन्छ ।

गर्मीमा सबैभन्दा पहिला त हरेक दोस्रो दिन कपाल धुनुहोस् । कपाल धुँदा तातो पानीको प्रयोग नगर्नुहोस् । कपाल धुँदा चिसो पानी मात्र प्रयोग गर्नुहोस् । तातो पानीले तपाईको कपाल ड्यामेज हुन सक्छ र कपाल झर्ने समस्या पनि हुन्छ ।

कपालको जरालाई चिसो र कपाललाई कन्डीशन गर्नुछ भने महिनामा एकपटक मेहेन्दी लगाउनुहोस् । यस्तो गर्दा तपाईको कपाल मुलायम हुन्छ र चायाँको समस्या पनि ठिक हुन्छ ।

यसबाहेक तपाई बेसन, दही र दुई थोपा कागतीको रसको मिक्सचर तयार गरेर प्रयोग गर्न सक्नुहुन्छ । यो तीनवटै चीजले कपाल बलियो बनाउँछ र कन्डिशन गर्न मद्दत गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved