प्रधानमन्त्री प्रचण्डको दोहा भ्रमणको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहा जाने भएका छन्। पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो पहिलो विदेश भ्रमण हो।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डको दोहा भ्रमणको तयारी

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहा जाने भएका छन्। पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो पहिलो विदेश भ्रमण हो।

फागुन २१ गतेदेखि कतारको राजधानी दोहामा सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयले पुष्टि गरेको छ।

अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख (फागुन २१ देखि २५ गते)सम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

तर,फागुन २५ मा राष्ट्रपति निर्वाचन भएकोले परिस्थिति हेरेर भ्रमणको तयारी हुने सचिवालयले जनाएको छ। ‘अहिलेको अवस्थासम्म जाने भन्ने नै छ’ प्रधानमन्त्रीका प्रेस बिज्ञ मनहरी तिमिल्सिनाले नेपालभ्युजसँग भने–‘राष्ट्रपति निर्वाचनको तारतम्य मिलाएर जाने र निर्वाचन अगावै फर्किने गरी तयारी भएको छ।’

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते छ । प्रधानमन्त्री प्रचण्ड १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारी रहेको सचिवालयले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved