राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

नेपालभ्युज

राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

काठमाडौं। काठमाडौंमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारीलाई मध्यनजर गर्दै यस्तो नियम लगाएको हो। प्रशासनले स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसीभैलो तथा नाचगान गर्न सर्वसाधारणलाई अनुरोध पनि गरेको छ। देउसीभैलो खेल्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ।

प्रशासनले मठमन्दिर, गुम्बालगायतमा भिडभाड नगर्न र पटका, आतिसबाजीजस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार र बिक्री वितरण नगर्न अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved