‘बाइडेनको युक्रेन र पोल्यान्ड भ्रमणलाई नजिकबाट नियालिरहेका छौं’- रुस

नेपालभ्युज

‘बाइडेनको युक्रेन र पोल्यान्ड भ्रमणलाई नजिकबाट नियालिरहेका छौं’- रुस

मस्को। रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्यान्डको भ्रमणलाई ‘नजिकबाट’ नियालिरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकस्मिक भ्रमणको एक दिनपछि क्रेमलिनका दिमित्री पेस्कोभले मंगलबार उनका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो । आज उनले पोल्यान्डको राजधानी वार्सामा युक्रेन युद्धलाई लिएर मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।

“स्वाभाविक रूपमा हामीले अमेरिकी राष्ट्रपतिको भ्रमणई नजिकबाट नियालिरहेका छौँ, आज पोल्याण्डमा के हुन्छ भन्नेमा पनि हामी उत्सुक छौँ, त्यसलाई नजिकबाट नियाली रहेका छौँ,” युक्रेनलाई हतियार आपूर्ति गर्ने अमेरिका र उसका सहयोगीको चाल बुझिरहेको उल्लेख गर्दै क्रेमलिनका दिमित्री पेस्कोभले रुसी टेलिभिजनमा भनेका छन् ।

यसअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध रुसले अपराध गरेकाले उसलाई दण्ड दिनुपर्ने बताएकी थिइन् ।

रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उनले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरेकी थिइन् ।

रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको र अपराधीहरूलाई आफ्ना सहयोगीसँग मिलेर कारबाही गर्ने वाइडेन प्रशासनले गत मार्चमा औपचारिक रूपमा बताएको थियो ।

रुसी अधिकारीहरूले युक्रेनबाट बालबालिकासहित हजारौँ मानिसलाई जबरजस्ती निर्वासनमा जान बाध्य, पारेकोबालबालिकाहरूलाई निर्ममतापूर्वक परिवारबाट अलग गराइएका धेरै प्रमाण अमेरिकासँग रहेको उपराष्ट्रपति ह्यारिसल बताएकी थिइन् ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved