अमेरिकामा बन्दुक हिंसा : एक वर्षमा पाँच हजार आठ सयको मृत्यु

नेपालभ्युज

अमेरिकामा बन्दुक हिंसा : एक वर्षमा पाँच हजार आठ सयको मृत्यु
प्रतीकात्मक तस्वीर ।

न्युयोर्क। अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । आइतबारसम्मको विवरणअनुसार बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले  उक्त सङ्ख्या सार्वजनिक गरेको हो ।

आज टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड गए राति एउटा नाइट क्लब र त्यसको आसपासको क्षेत्रमा भएको थियो ।

गोलीकाण्डको विवरण सार्वजनिक गरिएको छैनभने आक्रमणकारीका बारेमा पनि केही खुलाइएको छैन । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार मिसिसिपीको एउटा ग्रामीण क्षेत्रमा पनि गोली हानाहान हुँदा ६ जनाको ज्यान गएको थियो । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved